नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् । कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्द