यौन काण्डमा फसाउन खोजेको भन्दै बास्तोलाद्वारा आत्महत्या

पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् :‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।’जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताए ।

सम्बन्धित सामग्री

श्रीमती सहितका ९ जनाले यौन काण्डमा फसाउन खोजेको भन्दै आत्महत्या

पर्वत : पत्रकारितासँग जोडिएका पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइट नोट’ राखेर आफूलाई मर्न बाध्य पारिएको कुरा उल्लेख गरी आत्महत्या गरेका छन्।बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बाँस्तोलाले शुक्रवार बिहान करिब चार बजेको समयमा आत्महत्