सल्यानमा ६५ वर्षीया वृद्ध पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । बिहीबार बिहान नौ बजेतिर सल्यान बागचौर नगरपालिका १० पिपलनेटा बस्ने रामप्रसाद खत्रीले आफ्नै घरमा विषादी सेवन गरी आत्महत्या गरेका हुन् ।विष सेवन गरेर बेहोस अबस्थामा फेला परेका उनको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट एसओसिओसहित ५ जना प्रहरीको टोली खटिएको प्रहरीको भनाई छ ।