सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च

पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ ।यसैबीच सप्तको

सम्बन्धित सामग्री

कोशीमा पानीको बहाव उच्च

सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि सप्तकोशी ब्यारेजको ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुव्रmबार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । शुव्रmबार साँझ तीन लाख ८० हजार ८१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राति १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे तीन लाख ८३ हजार ८०५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

कोशीमा पानीको बहाव उच्च भएपछि स्थानीयमा त्रास

सप्तकाेशी नदीमा पानीको बहाव उच्च मापन गरिएसँगै सप्तकोशी कोरिडोर आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयमा डर र त्रासले डेरा जमाउन थालेको छ ।

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ब्यारेजका ३२ वटा ढोका खुला

सप्तरी, साउन १८ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले […]

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै श्रीलंका र गरैया टापुमा खतरा

सप्तकोशी आइतबार साँझ ५ बजेको मापनअनुसार यस वर्षकै उच्च पानीको बहाव दुई लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।...

सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको […]

सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च

काठमाडौँ– सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च मापन भएको छ। कोशी नदीमा अहिले दुई लाख क्यूसेकभन्दा बढी पानी बगिरहेको छ। सुनसरी प्रशासनले जनाएअनुसार यतिबेला सप्तकोशी नदीमा पानीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ। नदीको जलस्तर बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलिएका छन्। नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो […]

सप्तरीमा ३ सय घर डुबानमा : सप्तकोशीमा पानीको बहाव २ लाख क्युसिक

सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परे...

सप्तकोशीमा पानीको बहाव उच्च, सुनसरीको दक्षिण क्षेत्र ढुवानको चपेटामा

तीन दिनदेखि पूर्वी पहाडी क्षेत्रमा निरन्तर पानी पर्दा सप्तकोसी नदीमा पानीको बहाब बढेको छ ।  सप्तकोशी नदीमा शनिबार बिहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख ३१ हजार ६५५...

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च

सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ ।  पूर्वी भेगमा तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव मंगलबार बढेको हो । पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ३८ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ ।  कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन् । आइतबार स...

सप्तकोशीमा पानीको बहाव यो बर्षकै उच्च

बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड दुई लाख ८३ हजार सात सय ८५ क्यूसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले