प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै

प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहु

सम्बन्धित सामग्री

प्रदेश १ मा आज नयाँ सरकार बन्ने

काठमाडौँ – प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्। ९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार […]

प्रदेश १ मा आज नयाँ सरकार बन्दै

काठमाडौं : प्रदेश १ मा आज नयाँ  सरकार बन्दै छ। सरकार गठनका लागि  प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ। ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।सरकार गठनका ल

प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ सरकारले आज  सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज

प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि आज नीति कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो २ बजे प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको  बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष २०७९/०८०...

प्रदेश १ को नीति तथा कार्यक्रम आज

प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । कृषि, पर्यटन, पूर्वाधार, उद्याेगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएकाे छ ।

प्रदेश १ को नीति तथा कार्यक्रम आज

२५ जेठ, विराटगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनेछ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ । लुम्बिनी […]

प्रदेश-१ मा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रदेश–१ सरकार प्रदेशको नाममा सहमति जुटाउन आज मंगलबार मध्याह्न १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको हाे। गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश–१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएकोथियो । […]

प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक

६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ । प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् ।  पाँच दलीय गठबन्धनबाट १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राईले आज प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने...

प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै

काठमाण्डाै - प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश-१ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आजको बैठकमा नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् । मख्यमन्त्री राईको कारबाहीमा परेका १६ ...