काँग्रेसद्वारा ‘सप्तकोशी’ प्रस्ताव, पहिचानवादी आन्दोलनको स्वरुप बनाउँदै

विराटनगरमा नेपाली काँग्रेसले प्रदेश १ को नाम ‘सप्तकोशी’ प्रस्ताव गर्दै गर्दा पहिचानवादी ३० वटा संगठन भने शनिबार इटहरीको एक होटलमा भेला भएर आन्दोलनको खाका बनाउँदै थिए । प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा प्रदेश १ को नामकरण गर्ने विषय पेचिलो बन्दै गएको छ । शुक्रबार बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले ‘कोशी’ राख्न प्रस्ताव गरेको थियो । त्यसको भोलिपल्ट दोस्रो ठूलो दल नेपाली काँग्रेसले सप्तकोशी प्रस्ताव गरेको हो । ‘कोशी भनेको कु

सम्बन्धित सामग्री

एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिनुभएको छ । दमक नगरपालिकाले मंगलबार दमकमा आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा …

ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन : मुख्यमन्त्री कार्की

झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले आज यहाँ आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना […]

धरानमा पहिचानवादीको विरोध, एमालेको राष्ट्रिय अभियान प्रदेशमा प्रवेश नगराउन आग्रह

मोरङ- कोसी प्रदेशको नामाकरणमा असन्तुष्ट रहेका पहिचानवादी समूहले सुनसरीको धरान उपमहानगरपालिकामा विरोध प्रर्दशन गरेका छन्। पहिचानवादी समूहले शनिबार धरान उपमहानगरपालिका १५ स्थित वडा कार्यालयको बोर्डमा रहेको कोसी प्रदेश नाम मेटाएर विरोध गरेका हुन्। धरानस्थित पहिचानवादी युवा सहसंयोजक विराज आंगदाम्बेले विरोधका क्रममा वडा कार्यालयको बोर्ड र स्वास्थ्य सेवा केन्द्रको बोर्डमा लेखिएको कोसी प्रदेश नाम मेटाएकाे बताए। […]

पहिचानवादी समूहलाई झुलाघाट–चिवाभञ्ज्याङ अभियानमा अवरोध नगर्न एमालेको आग्रह

काठमाडाैँ-  एमालेले जारी झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न कोसी प्रदेशका पहिचानवादी समूहलाई आग्रह गरेको छ। एमाले कोसी प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशका इन्चार्ज रघुवीर महासेठले पहिचानवादी समूहलाई एमालेको जारी अभियानमा अवरोध नगर्न आग्रह गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा प्रदेश इन्चार्ज महासेठले राष्ट्रिय अभियान पूर्वनिर्धारित कार्यक्रम भएको हुँदा त्यसमा कुनै पनि प्रकारका […]

जब पहिचानवादी आङकाजीले एमालेको सभामा भाषण गरे…

काठमाडौं– बिहीबार तीनकुनेस्थित नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रममा पहिचानवादी अभियन्ता आङकाजी शेर्पालाई पनि एमाले नेताहरुसँगै बोल्न दिइयो । महेश बस्नेतले आयोजना गरेको कार्यक्रम गणतन्त्रवादीको भएकाले आफ्नो साथ रहेको सन्देश दिन आङकाजी एमालेको सभामा पुगेका थिए । ट्रकमाथि चढेर भाषण गर्दै आङकाजीले राजावादीहरुलाई लल्कारे । राजाले प्रयोग गर्ने श्रीपेच र राजदण्ड नारायणहिटी संग्रहालयमा थन्क्याइसकिएको […]

पहिचानवादी र सरकारको टार्गेटमा पारेः मन्त्री लिम्बू

मोरङ – कोसी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आन्दोलनरत पहिचानवादी पक्ष र सरकार पक्षको टार्गेटमा आफू परेको गुनासो गरेकी छन्। आइतबार विराटनगरस्थित प्रदेश सभाको बजेट अधिवेशनमा मन्त्री लिम्बूले प्रदेशसभा भवन नजिक रहेको स्वास्थ्य मन्त्रालयलाई आन्दोेलनको रणभूमि बनाइएको बताइन्। जारी आन्दोलनका क्रममा पहिचानपक्षधर र सरकार दुवै तर्फबाट टार्गेटमा परेको बताएकी उनले भनिन्, ‘पहिचान पक्षमा मुद्दा राखिरहँदा […]

कोशी प्रदेश : पहिचानवादी आन्दोलन चर्किँदै, तानियो दलहरूको ध्यान

विराटनगर : पछिल्लो समय कोशी प्रदेशमा प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै आन्दोलन चर्किँदै गएको छ।अघिल्लो प्रदेशसभाले भूगोल र पहिचानको चेपुवामा छोडेको प्रदेशको नाम पहिचानसहितको हुनुपर्ने माग राख्दै विभिन्न पहिचानवादी संघसंस्था सडक आन्दोलनमा थिए।आन्दोलन र नामको विषयमा दलभित्रैको मतभिन्नता र सडक आन्दोलनले पाँचवर्षे कार्यकालमा पनि नाम सहज ढंगले पाउन सकेको थिएन। पाँचवर्षे कार्यकालमा पनि  प्रदेश सरकारले नाम राख्न नसकेको भन्दै अघिल्लो प्रदेशसभाका सांसद र सरकारले आलोचना बेहोर्दै आउनुपरेको थियो

प्रदेश १ : एकातिर पहिचानवादी नामको माग, अर्कोतर्फ प्रदेश नै खारेजीको माग

विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्।७ प्रदेशमध्ये ६ प्रदेशले नाम

‘पहिचान बिनाको प्रदेश मान्दैनौं’ नारासहित विराटनगरमा प्रदर्शन (तस्वीरमा)

विराटनगर : ३२ वटा पहिचानवादी संगठनले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्।विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि  पहिचानवादी संगठनहरूले बिहीबार प्रदर्शन गरेका हुन् । ‘पहिचान बिनाको प्रदेश मान्दैनौं’, ‘पहिचानवादीहरू एक हौं’ लगायत नारासहितका प्ले कार्ड लिएर संगठनहरूले प्रदर्शन गरेका थिए।प्रदर्शनमा पहिचानवादी विभिन्न ३२ संगठनका नेता कार्यकर्ताहरू सहभागी रहेका थिए।