रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार (२१ सेप्टेम्बर २०२२) आंशिक सैन्य परिचालनको घोषणा गरेर करिब तीन लाख मानिसहरूलाई युद्धमा बोलाउन सक्ने बताए । घोषणापछि कयौँ रुसीहरू देश छोडिरहेको देखिएको छ ।नागरिक परिचालनको निर्णयसँगै आम मानिसमा आक्रोश र भय बढेको छ । बुधबार यता रुससँग सिमाना जोडिएका मुलुकका विभिन्न नाकामा देश छाड्न लागेका युवाहरूको लामो लाइन बनेको छ । पुटिनको निर्णयको विरोधकाबीच रुसी रक्षा मन्त्रालयले हाल परिचालित हुनेमा आईटी क्षेत्रमा काम गर्नेहरू, बैंकर र सरकारी मिडियाकर्मी नपर्ने