हास्यकलाकार राजा राजेन्द्रले ल्याए 'आमा जननी मेरी' (भिडिओ)

हास्य-व्यंग्य विधामा नाम कमाएका कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सन्दर्भ पारेर नयाँ गीत सार्वजनिक गरेका छन्।

सम्बन्धित सामग्री

अर्काले विकास गर्दिने आश राख्नु गलत : एसडी मुनि

विराटनगर। जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कूटनीतिज्ञ एसडी मुनिले नेपालको विकास कुनै छिमेकी मुलुकले गरिदिन्छ भनेर अपेक्षा राख्नु गलत भएको बताएका छन् । उनले नेपालीले आफ्नो देशको विकास आफै गर्नुपर्ने सुझाव दिए । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयाम’ विषयक अन्तरक्रियामा उनले त्यस्तो टिप्पणी गरेका हुन् । ‘विश्वकै प्रभावशाली बन्ने क्रममा रहेको भारतले विकासमा पछि परेको छिमेकीलाई सहयोग गर्नु पर्दैन’ भन्ने प्रश्नको जवाफ दिने क्रममा मुनिले विकासमा अरूको अपेक्षा गर्नुभन्दा आफै सक्षम हुनुपर्ने सुझाव दिए । उनले भारत वा चीनले विकास गरिदेला भनेर आशामा बस्न नहुने बताए ।  ‘कुनै पनि छिमेकीले तपाईंको घरभित्र विकास ल्याएर दिँदैन । भारत र चीन दुवैले आफ्नै बलले माथि उठेर अर्थतन्त्र ठूलो बनाएका हुन्, विकास गरेका हुन्,’ उनले भने । नेपालले पनि आफ्नो सम्भावनालाई अघि बढाएर विकासित बन्नुपर्ने उनको सुझाव छ । उनले नेपालको पानी सयौं वर्षदेखि बगेर गंगा र बंगालको खाडीमा पुगेर बाफ बनिरहेको तर नेपालले त्यसको उपयोग गर्न नसकेको बताए । नेपालले पर्यटनमा सबैभन्दा बढी सम्भावना बोके पनि खासै प्रगति गर्न नसकेको भन्दै उनले यी दुई क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको बताए ।  आफूले विद्यावारिधि गर्ने बेलामा गिरिजाप्रसाद कोइरालासँग विराटनगर आएको र मातृका कोइरालासँग कोशी ब्यारेज अवलोकन गर्न गएको प्रसंग जोड्दै मुनिले विराटनगरसँग आफ्नो पुरानो साइनो रहेको बताए । त्यो बेलामा भारतीय इन्जिनीयरले पुल निर्माणका क्रममा गरेको गल्तीबारे मातृका कोइरालाले आफूलाई जानकारी गराएको समेत उनले स्मरण गरे । अर्काे राजनीतिक प्रसंगमा मुनिले आफू नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रस्ट्याउँदै गणतन्त्रभित्र मौलाएका विकृति भने निमूल पार्नुपर्ने बताए । जनताको अपेक्षाअनुसार गणतन्त्र चल्नुपर्नेमा उनले जोड दिए ।  गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै मुनिले सयौं वर्ष राजाले शासन गर्दा नभएको विकास अब राजा ल्याए हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । गणतन्त्रमा केही समस्या भए त्यसलाई सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी भए पनि आफ्नो शिष्य नभएको वा आफूले उनलाई नपढाएको मुनिले बताए । बरु नेपालबारेका कतिपय विषयमा आफूले बाबुरामलाई सोध्ने गरेको उनले खुलाए । नेपालमा आफूलाई माओवादी भन्ने गरेको बारे मुनिले भने, ‘म कुनै वादी होइन एउटा सामान्य प्राध्यापक मात्र हुँ ।’

‘द भ्वाइस अफ नेपाल’का प्रतिस्पर्धी कुर्वान अलिले गीत ल्याए

काठमाडौं- ‘भ्वाइस अफ नेपाल’काे सिजन पाँचमा दर्शकको मन जितेका गायक कुर्वान अलि मिया र बिमला गुरुङले प्रेमकथामा आधारित ‘राजा र रानी’ बोलको म्युजिक भिडियाे सार्वजनिक गरेका छन्। गायक कुर्वान र बिमला दुवै कोच मिलन नेवारको टिमबाट द भोइस अफ नेपालको निजन पाँचको नकआउट राउण्डसम्म पुगेका थिए। भ्वाइस अफ नेपालबाट बाहिरिए पछि यी दुई गायक-गायिकाले नयाँ […]

हिंसारहित समाजको सङ्कल्प

राजा जयस्थिति मल्ल (१४०३–१४५२) ले समाज सुधारका लागि भारतबाट रघुनाथ झा, रामनाथ झा, कीर्तिनाथ उपाध्याय, महिनाथ भट्ट आदि विद्वान् झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाज स्थापना गर्न र विभिन्न सुधारको काम गर्न लगाए । समाज सुधारका कार्य ऐतिहासिक भए पनि उनले समाजलाई चार जात १८ वर्णमा विभाजित गरी श्रमको विभाजन र विवाहपछि महिलाको थर पुरुषको थरमा बदलिने प्रचलन ल्याए । त्यसले गर्दा समाजमा जात व्यवस्थाको आधारशिला र महिला परनिर्भरता र शोषणमा पर्ने स्थितिको निर्माण भयो । जातजातिसम्बन्धी जयस्थिति मल्लको सुधार व्यवस्था र हिजो जसले जे पेस गरेको थियो, सोही गर्नुपर्ने अनुलङ्घनीय भयो । जस्तो– बाहुनले हलो जोत्न नहुने, शूद्रले पढ्न नपाइने अनि नयाँ पेसा अपनाउन नमिल्ने, वंशानुगत पेसा फेर्न नपाउने नियमका कारण समाजले कपडा सिलाउने, सफाइ गर्ने, भाँडाकुँडा बनाउने, नाचगान गर्ने, जुत्ता सिलाउनेलगायतका तथाकथित शूद्रले गर्ने भनिएको कामलाई तुच्छ सम्झन पुग्यो ।

जन्मदिनमा राजा राजेन्द्रले ल्याए ‘सालको पात’ गीत

काठमाडौं । हांस्यव्यंग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले नयाँ गीत सालको पात सार्वजनिक गरेका छन् । उनले असोज २ गते आफ्नो जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरेका हुन् । हाँस्यव्यंग्य कलाकारका रुपमा स्थापित उनको मुख्य रुचि भने संगीत र गायन नै हो । ललितकला क्याम्पसबाट उनले संगीतमा आइएफए तह उत्तिर्ण गरेका छन् । […]

चापागाईंले ल्याए ‘अनौठो वरदान’

पौराणिक कथामा आधारित महेश्वर चापागाईंको ‘अनौठो वरदान’ चित्रकथा प्रकाशित गरिएको छ । दीपक थामीको चित्राङ्कन रहेको यस चित्रकथामा घमण्ड, अहंकार र दम्भले मानिसलाई पतनको बाटोतिर कसरी उन्मुख गराउँछ भनेर देखाइएको छ । कथाबस्तुअनुसार राजा हिरण्यकशिपु अमरत्व प्राप्त गर्न चाहन्छन्, जसका लागि उनी हिमालय पर्वतमा भगवान् ब्रह्माको कठोर तपस्या गर्न थाल्छन् । उनी ब्रह्माबाट अमरत्वको वरदान प्राप्त गर्न सफल पनि हुन्छन् । हिरण्यकशिपुले अमरत्वको वरदान प्राप्त गरिसकेपछि स्वयं आफैलाई देवता घोषणा गरेर स

भगीरथले गंगालाई यसरी ल्याए पृथ्वीमा

काठमाडौं । राजा सगर अश्वमेध यज्ञ गरिरहेका थिए । यज्ञको घोडा कसैले चोरेर कपिल मुनिको आश्रममा बाँधि दियो । राजा सगरका साठी हजार छोराहरू घोडा खोज्दै कपिल मुनिको आश्रममा पुगे। वहाँ आश्रमको छेउमा घोडा देख्ने अनि केहि नसोचि, नबुझि कपिल मुनिलाई चोर ठानेर मुनिलाई अनेकौ भन्न थाले । कपिल मुनि ध्यानमा बसेका थिए, जब उनले आफ्नो आँखा खोले, तब उनको दिव्य-दृष्टिको प्रकोपले सगरका साठी हजार छोराहरूलाई जलाएर भस्म पारिदिए। राजा सगर प्रायश्चित गर्दै भन्न लागे, मेरो साठी हजार छोराहरु भस्म भए, अब मेरो छोराहरूको उद्धार कसरी हुनेछ? त्यो काम उनले अंशुमानलाई दिए। अंशुमानले राजा दिलीपलाई दिए, तर राजा दिलीपले पनि केहि गर्न सकेनन् । दिलीपको पुत्र भगीरथलाई जब यो कुरा थाहा पाए, तब उनले भने आफ्नो पूर्वजहरूको उद्धारको निम्ति मैले केहि अवश्य गर्न पर्छ। गरुडलाई सोधे गरुडले एक उपाय बताउँदै भने- 'यदि स्वर्गको नदी गंगालाई तिमीले धरतीमा ल्यायौ भने तिम्रो पूर्वजहरूको उद्धार हुनेछ । तर गंगा त स्वर्गमा बग्छिन्, धरतीमा त आउँन सक्दैनन् ।' भगीरथले तपस्या गरेर ब्रह्मालाई खुशी पारे अनि ब्रह्माले प्रसन्न भएर वरदान दिए । साथै भने गंगाको बेग एकदमै तेज छ, यो तिमीले सोच्नु । गंगाको अत्यन्त तीव्र गतिको बारेमा सोचेर भगीरथले फेरि भगवान शंकरलाई तपस्या द्वारा प्रसन्न गराए अनि उनलाई गंगाको तेज गतिलाई थामिदिने प्रार्थना गरे। भगवान श

राष्ट्रकवि: समर्थन र विरोध

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।