पौराणिक कथामा आधारित महेश्वर चापागाईंको ‘अनौठो वरदान’ चित्रकथा प्रकाशित गरिएको छ । दीपक थामीको चित्राङ्कन रहेको यस चित्रकथामा घमण्ड, अहंकार र दम्भले मानिसलाई पतनको बाटोतिर कसरी उन्मुख गराउँछ भनेर देखाइएको छ । कथाबस्तुअनुसार राजा हिरण्यकशिपु अमरत्व प्राप्त गर्न चाहन्छन्, जसका लागि उनी हिमालय पर्वतमा भगवान् ब्रह्माको कठोर तपस्या गर्न थाल्छन् । उनी ब्रह्माबाट अमरत्वको वरदान प्राप्त गर्न सफल पनि हुन्छन् । हिरण्यकशिपुले अमरत्वको वरदान प्राप्त गरिसकेपछि स्वयं आफैलाई देवता घोषणा गरेर स