रुपन्देही ३ मा बोहोरा अघिअघि बालकृष्ण खाण पछिपछि

 रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता  कायमै राखेका छ्न्  । निर्वाचन कार्यालयका अनुसार ७८४०४ मत गणना हुँदा राप्रपाका  दीपक वोहोराले  ३०५७७ मत प्राप्त गरेका छन् ।खाणले २९२५५ मत प्राप्त गरेका छन्। यहाँ १३ सय २२ मतान्तर रहेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अझै १५१२३ मत गणना गर्न बाँके रहेको छ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाण दीपक बोहोरासँग पराजित

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण दीपक बोहोरासँग पराजित भएका छन् । रुपन्देही ३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् ।  २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् । बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाणले केबल ३४,०३६ मत पाए ।

रुपन्देही ३ मा दीपक बोहोराको अग्रता कायमै, पछि परे गृहमन्त्री खाण

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाण पछि परेका छन् । निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले  ३२ हजार ८४८ मत प्राप्त गरेका छन् । खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्।

गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच कडा टक्कर

बुटवलः मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ ९० भन्दा बढी क्षेत्रको गणना सम्पन्न भइसकेको छ। समानुपातिकको पनि गणना जारी छ।  कतिपय क्षेत्रमा उम्मेदवारबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ। यस्तै, कडा टक्कारसहित प्रतिस्पर्धा भइरहेको क्षेत्रमध्ये एक हो –रुपन्देही ३। उक्त क्षेत्रमा बहालवाला गृहमन्त्री…

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

रुपन्देही ।  रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् । ९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् ।  रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना […]

रुपन्देही ३ मा बालकृष्ण खाण १३४ मतले अगाडि

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले मतान्तरलाई बढाउदै लगेका छन् । एक हजार चार सय चार  मतगणना गर्दा खाणले पाँच सय ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी...

रुपन्देही-३ मा ८ बजेपछि मतगणना हुने

प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचन रुपन्देहीका क्षेत्र  नम्बर ३ मा अहिले ८ बजेबाट  मतगणना हुने भएको छ। रुपन्देही क्षेत्र नम्बर ३  को सर्वदलीय बैठकले  ८ बजेबाट  मतगणना गर्ने निर्णय गरेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।उनले बिहान ८ बजेपछि मतगणना हुने सहमति भएको बताए । यहाँ गृहमन्त्री बालकृष्ण खाण र राप्रपा नेता दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा रहेको छ।

हामी दोब्बर मतान्तरले जित्छौँ : स्वाती थापा

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा चुनावी सेरोफेरोमा केन्द्रित रहेर संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ की संयोजक तथा राप्रपा नेतृ स्वाती थापासँग गरिएको कुराकानी :रुपन्देही–३ का राप्रपा उम्मेदवार दीपक बोहरा बोल्न नसक्ने अवस्था रहेछ । खास भएको

मतदाताले काम गर्ने व्यक्तिलाई चुन्नु हुन्छ : बालकृष्ण खाँण

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा  चुनावी सेरोफेरोमा केन्द्रित रहेर गृहमन्त्री खाँणसँग गरिएको कुराकानी प्रस्तुत छ :रुपन्देहीमा ६ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ, चुनावी प्रचार–प्रसार कसरी अगाडि बढेको छ ? चुनावी परिचालनमा हामीले सम्प

तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाता कहाँ पुग्ने गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार खाणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको