प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचन रुपन्देहीका क्षेत्र नम्बर ३ मा अहिले ८ बजेबाट मतगणना हुने भएको छ। रुपन्देही क्षेत्र नम्बर ३ को सर्वदलीय बैठकले ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।उनले बिहान ८ बजेपछि मतगणना हुने सहमति भएको बताए । यहाँ गृहमन्त्री बालकृष्ण खाण र राप्रपा नेता दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा रहेको छ।