बेलायत अध्यागमन नियन्त्रणतर्फ, ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने नीति ल्याइँदै

बेलायतले खुद आप्रवासन संख्या बढेपछि अध्यागमन नियन्त्रणको नयाँ नीति संसदमा प्रस्ताव गरेको छ । गृहमन्त्री सुएला ब्रेभरम्यानले मंगलबार बेलायती संसदमा प्रस्ताव गरेको नयाँ नीति अनुसार अध्ययनका लागि आउने विदेशी विद्यार्थीले अब आफ्ना ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने भएका छन् ।

सम्बन्धित सामग्री

बेलायत पढ्न यी नीतिगत परिवर्तन थाहा पाएकै राम्रो

अब विद्यार्थी भिसामा बेलायत आउने विद्यार्थी पढ्नैका लागि आउनु उत्तम हुन्छ। खर्च घरबाटै ल्याउन नसक्ने विद्यार्थीलाई अब सजिलो छैन। कमाउने विकल्प अब साँघुरा र लगभग असम्भव भएका छन्। बरु राम्रोसँग पढिसकेपछि राम्रैसँग कमाउने सुविधा हुन्छ।

पढ्न बेलायत आउनुअघि यी नीतिगत परिवर्तन थाहा पाएकै राम्रो

अब विद्यार्थी भिसामा बेलायत आउने विद्यार्थी पढ्नैका लागि आउनु उत्तम हुन्छ। खर्च घरबाटै ल्याउन नसक्ने विद्यार्थीलाई अब सजिलो छैन। कमाउने विकल्प अब साँघुरा र लगभग असम्भव भएका छन्। बरु राम्रोसँग पढिसकेपछि राम्रैसँग कमाउने सुविधा हुन्छ।

नेपाल-बेलायत सन्धिको शताब्दी यात्रा

अन्तर्राष्ट्रिय स्तरमा नेपालको गिर्दो साखलाई उच्च राख्न असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित माटो सुहाउँदो नीतिनिर्माण आजको आवश्यकता हो। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र अस्तित्व रक्षा ग...

बेलायतमा कडा बन्दै अध्यागमन नियम‚ नेपालीलाई निकै गाह्रो

लण्डन : बेलायत सरकारले देशमा आप्रवासीको संख्या घटाउन अध्यागमन सम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ। बेलायती गृहमन्त्री जेम्स क्लेभर्लीले बेलायती संसद्‌को तल्लो सदनमा यो सम्बन्धमा बयान दिएका हुन्।नयाँ नियममा विदेशी कामदारलाई सीपमा आधारित भिसा प्राप्त गर्नका लागि उच्च तलब सीमा तोक्ने र परिवारका सदस्यहरूलाई आश्रितको रूपमा बेलायत ल्याउन प्रतिबन्ध लगाउने समावेश छ। यो नियम आगामी वसन्त ऋतुदेखि लागू हुनेछ। यो निर्णयको प्रत्यक्ष असर नेपालीलाई पर्नेछ। यसले नेपाली विद्यार्थी र दक्ष कामद

विदेशी विद्यार्थीलाई साथमा परिवार ल्याउन रोक लगाउँदै बेलायत

बेलायत । बेलायतले विदेशी विद्यार्थीहरूका घरपरिवारका निकट सदस्यहरूलाई ल्याउन रोक लगाउने योजना बनाइरहेको छ । ‘हाई भ्यालु’ डिग्रीमा अध्ययन गरिरहेकाबाहेक अन्य विदेशी विद्यार्थीहलाई जहान वा छोराछोरीलगायत परिवारका सदस्यहरू ल्याउन बन्देज लगाउने योजनामा काम भइरहेको छ । द टाइम्समा छापिएको समाचारका अनुसार विज्ञान, गणित र इञ्जिनीयरिङ पढिरहेका विदेशी विद्यार्थीहरूले मात्रै आफूमाथि आश्रितहरूलाई लैजान पाउनेछन् । स्नातकोत्तर र विद्यावारिधि अध्ययन गरिरहेका बाहेक अन्यमाथि पनि यो प्रतिबन्ध लागू हुने बताइएको छ । विदेशी विद्यार्थीको साथमा बेलायत जाने परिवारको सदस्यको संख्या बेलायतमा झण्डै आठ गुणाले बढेको छ । अध्यागमनको तथ्यांकअनुसार गएको वर्ष झन्डै पाँच लाखलाई विद्यार्थी भिसा दिइएको छ । उनीहरूको साथमा १ लाख ३५ हजार ७८८ जना आश्रित (जहान र छोराछोरी) बेलायत गएका छन् । यो सन् २०१९ को भन्दा झण्डै आठ गुणा धेरै हो । उक्त वर्ष आश्रिका रूपमा १६ हजार ४७ जना मात्रै गएका थिए । बेलायतमा आश्रय खोज्नेको संख्या पनि कीर्तिमानी उचाइमा उक्लिएको छ । आश्रय माग्दै दिएको निवेदनमाथि सुनवाइको पर्खाइमा बेलायतमा १ लाख ६० हजारभन्दा धेरै भएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा सरकारले निर्णय भने गरिसकेको छैन । गृहमन्त्री सुएल्ला ब्राभेरम्यानले आश्रितको संख्या कम गर्न बेलायतमा पढाइ सकेपछि विद्यार्थीले बस्न पाउने अवधि घटाउनेलगायत  उपायसहितको प्रस्ताव तयार पारिरहेका छन् । शिक्षा मन्त्रालयका अनुसार यस्तो प्रतिबन्धले बेलायतमा पढ्नकै लागि जानेको संख्या घट्ने अनि  विश्वविद्यालहरू कंगाल हुने खतरा छ । बेलायती विश्वविद्यालयहरू विदेशी विद्यार्थीमाथि निर्भर छन् । विदेशी विद्यार्थीले वर्षेनि अर्थतन्त्रमा ३५ अर्ब पाउण्ड योगदान दिन्छन् । -एजेन्सी

पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन् – बेलायत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थक व्यक्तिलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले असामान्य कदम उठाउँदै युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको छ। मुरायेव रुस समर्थित मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

कोरोनाको तेस्रो लहर आउन सक्ने बेलायतको आँकलन

काठमाडौं : बेलायत सरकारको सल्लाहकार समेत रहेका एक वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्।उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन्। तेस्रो लहर ल्याउन सक्ने ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन्।उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्,

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन

एजेन्सी ।  बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् । उनले बेलायतको वर्तमान अ

थप खोप ल्याउन पत्राचार

काठमाडौँ, १० जेठ: सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ । मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै […]