बेलायत पढ्न यी नीतिगत परिवर्तन थाहा पाएकै राम्रो

अब विद्यार्थी भिसामा बेलायत आउने विद्यार्थी पढ्नैका लागि आउनु उत्तम हुन्छ। खर्च घरबाटै ल्याउन नसक्ने विद्यार्थीलाई अब सजिलो छैन। कमाउने विकल्प अब साँघुरा र लगभग असम्भव भएका छन्। बरु राम्रोसँग पढिसकेपछि राम्रैसँग कमाउने सुविधा हुन्छ।

सम्बन्धित सामग्री

पढ्न बेलायत आउनुअघि यी नीतिगत परिवर्तन थाहा पाएकै राम्रो

अब विद्यार्थी भिसामा बेलायत आउने विद्यार्थी पढ्नैका लागि आउनु उत्तम हुन्छ। खर्च घरबाटै ल्याउन नसक्ने विद्यार्थीलाई अब सजिलो छैन। कमाउने विकल्प अब साँघुरा र लगभग असम्भव भएका छन्। बरु राम्रोसँग पढिसकेपछि राम्रैसँग कमाउने सुविधा हुन्छ।

आप्रवासन र जलवायु परिवर्तनको सम्बन्ध

गत जुन ५ मा विश्वले वातावरण दिवस मनायो । नेपालले पनि त्यस सन्दर्भलाई महत्त्व नदिने कुरा रहेन; विभिन्न कार्यक्रम गरी विद्यालय, गैसस, सञ्चार क्षेत्रसहित सरकारी निकायहरूले वातावरण सम्बन्धी चेतनामूलक कार्यक्रम र नीतिगत बहसहरू चलाएका समाचारहरू प्रशस्तै पढ्न पाइए । सार्वजनिक गरिएका र विभिन्न रूपमा मनाइएका ती कार्यक्रमहरू चेतनामूलक हुनु आफैंमा सकारात्मक पक्ष त हुँदै हो तर समयसापेक्ष भए कि भएनन्, यसमा छुट्टै छलफलको आवस्यकता हुन सक्ला । त्यसतर्फ यो आलेख केन्द्रित गर्न खोजिएको होइन ।

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता […]

वैदेशिक अध्ययनमा जानेलाई सर्तसहित विदेशी मुद्रा सटही सुविधा दिन जोड

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने बताए । उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र […]

विदेश पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब दिइसक्याे : पूर्व-अर्थमन्त्री पाण्डे

काठमाडौं : पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेशमा अध्ययन गर्न जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन्।सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि नीतिगत व्यवस्था गरेर शर्त राख्नुपर्ने बताएका हुन्।उनले चालू आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताए। विदेशमा गएर रेमिट्यान्स सहयोग भए/नभएको व

विदेश अध्ययनमा जानेसँग सटही सुविधा शर्त राख्नुपर्छ : सुरेन्द्र पाण्डे

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि नीतिगत व्यवस्था गरेर शर्त राख्नुपर्ने बताएका हुन् ।उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताउँदै पाण्डेले विदेशमा गएर रेमिट्यान्स सहयोग भए÷नभएको वा राष्ट्र

विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिन नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने बताएका हुन् ।  उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई...

ब्रेलमा पाठ्यपुस्तक नआउँदा दृष्टिविहीनलाई पढ्न कठिन

काठमाडौं : गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै भनेका थिए, ‘दृष्टिविहिन बालबालिकालाई ब्रेल पाठ्यपुस्तकलगायत आधुनिक प्रविधिको सहायताबाट शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइने छ।’उनले घोषणा गरेको यो नीतिगत योजना कार्यान्वयनमा आइसकेको भए यतिखेर दृष्टिविहीनले सहजै रुपमा अध्ययन गरिरहेका हुन्थे।तर घोषणा भएको ३ महिना बितिसक्दा पनि अहिलेसम्म ब्रेल लिपिमा पाठ्यपुस्तक आउन सकेको छैन।वर्तमान सरकारले मात्र नभएर पहिलेका सरकारले समेत

अपांगतामैत्री वित्तीय सेवाका लागि स्पष्ट नीतिगत व्यवस्था गर्न सरोकारवालाको सुझाव

काठमाडौं । वित्तीय सेवालाई अपांगगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रहीन संघको समन्वयमा भएको अपांगतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्था गर्नुपर्ने बताएका हुन् । नेपालको संविधानले सबै नेपाली नागरिकलाई समान सेवा–सुविधाको व्यवस्था गरे पनि बैंक तथा वित्तीय संस्थासँगै शेयर कारोबारका लागि समान सेवा–सुविधा नपाएको दृष्टिविहीनहरूले गुनासो गरे । नेपाल नेत्रहीन संघका उपाध्यक्ष खोमराज शर्माले बैंकको ढोकादेखि नै आफूहरूले नेपाली नभएजस्तो व्यवहार भोग्दै आएको बताए । वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनले प्रविधिको प्रयोगका लागि अन्य सामान्य व्यक्तिसरह सुुविधा पाउनबाट वञ्चित भएको शर्माको भनाइ छ । कतिपयले त्यो सुविधा पाए पनि धेरै पहल गर्नुपरेको उनले बताए । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति, कानुनको आ–आफ्नै व्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भइरहेको शर्माको धारणा छ । साधारण व्यक्तिसरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफूहरूमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेदेखि अन्य सेवा लिन अन्य व्यक्तिसरह सहज वातावरण नहुँदा समस्यामा परेको भन्दै सहज वातावरणको बनाइदिन उनको आग्रह छ । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा–सुविधामा नेपालीको समान हक रहेको प्रस्ट पारे । अपांगता भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट वञ्चित गराउनु कारबाहीकै विषय भएको उनको भनाइ छ । वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले अपांगता भएकालाई कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट वञ्चित नगराउन उनले निर्देशन दिए । अपांगतामैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्थासहित अघि बढ्नुपर्ने विचार बैंकर संघका अध्यक्ष भुवन दाहालको छ । यसका लागि कार्यदल नै बनाएर समय तालिकासहित आवश्यक काम गर्नुपर्ने सुझाव उनले दिए । अहिले प्रविधि प्रयोगमा सबलभन्दा पनि अपांगता भएकाहरू अगाडि रहेकाले यो सेवामा उनीहरूको सहभागीता बढाउनुपर्नेमा उनले जोड दिए । डेभलपमेन्ट बैंकर संघका अध्यक्ष प्रद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुरा सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए । यसमा पनि अपांगता भएकालाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । शेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीले पनि अस्पष्ट नीतिका कारण अपांगता भएकालाई चाहेर पनि ढुक्कसँग सुुविधा प्रदान गर्न नसकेको गुनासो गरे । त्यस्ता प्रकारका व्यक्तिलाई अझ विशेष प्रकारको सेवा दिनुपर्ने भए पनि सम्झौतामा कतिपय नीतिगत अस्पष्टताका कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकेको जानकारी उनले गराए । नीतिगत स्पष्टतासँगै प्रविधिका प्रयोगका लागि वेब एक्सिबिलिटी गाइडलाइन र आर्थिक सुरक्षाका लागि बायोम्याट्रिक्स प्रणाली विकास भए शेयर बजारमा अपांगता भएकालाई सहजै सेवा प्रदान गर्न सकिने भनाइ मैनालीको छ । मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले आफूहरूले दिने सेवा प्रवाहलाई अपांगतामैत्री बनाउन आन्तरिक छलफलमा जुट्ने र आगामी दिनमा छुट्टै कार्यक्रम आयोजना गर्न सकिने बताए । कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपांगता भएका व्यक्तिका लागि प्रविधि सहज बनाउन नीतिगत व्यवस्थाअनुसारको सिस्टम विकासमा जोड दिए । अहिले पनि अपांगता भएकाहरूले प्रविधि प्रयोगमै शेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषय प्रस्ट पारिदिए सिस्टम विकासमा कुनै समस्या नहुने अधिकृत साउदको तर्क छ । शेयर बजार अपांगता भएकाहरूका लागि उपयुक्त व्यावसायिक क्षेत्र भएको प्रतिक्रिया आइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्र्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पुँजी बजारको कारोबारका लागि सूचना सबैभन्दा महत्वपूर्ण कुरा हो । यसर्थ अपांगता भएकाहरूले तस्बिर, डाटाका सूचना कसरी पढ्न सक्छन् भन्नेमा ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए । शेयर कारोबार राफसाफका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गर्नुपर्नेे ढुंगानाको भनाइ छ ।

अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको जोड

जेठ २८, काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रविहीन संघको समन्वयमा भएको अपांगतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड दिएका हुन् ।  नेपालको संविधानले नै सबै नेपाली नागरिकलाई समान सेवा सुविधाको व्यवस्था गरेको भएपनि नेत्रविहीनहरुले बैंक तथा वित्तीय संस्थासँगै शेयर कारोबारका लागि समान सेवा सुविधा नपाएको गुनासो गरेका छन् । नेपाल नेत्रविहीन संघका उपाध्यक्ष खोमराज शर्माले बैंकको ढोकादेखि नै आफूहरुले नेपालीनै नभएको जस्तो व्यवहार भोग्दै आएको बताए ।  उनले वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनहरुले प्रविधिको प्रयोगका लागि पनि अन्य सामान्य व्यक्ति सरह सुुविधा पाउनबाट बन्चित भएको गुनासो गरे । कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नु परेको भनाइ उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानून र नीतिको आ–आफ्नै व्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भइरहेको गुनासो शर्माको छ । अन्य साधारण व्यक्ति सरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफूहरुमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्नदेखि अन्य सेवा लिनका लागि अन्य व्यक्ति सरह सहज वातावरण नहुँदा समस्यामा परेको भन्दै सहज वातावारणको माग उनले गरेका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा सुविधामा नेपालीहरुको समान हक रहेको प्रष्ट पारे । अपांग भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट बन्चित गराउँनु कारवाहीकै विषय भएको उनको भनाइ छ । यसर्थ वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट बन्चित नगराउन उनले आग्रह गरेका छन् ।  अपांगतामैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्थासहित अघि बढ्नुपर्ने विचार बैंकर संघका अध्यक्ष भुवन दाहालको छ । यसका लागि कार्यदलनै बनाएर समय तालिका सहित आवश्यक काम गर्नुपर्ने सुझाव उनको छ । अहिलेको प्रविधिको प्रयोगमा आफुहरुभन्दा पनि अपांगता भएका व्यक्तिहरु अझ अघि रहेको भन्दै यो सेवामा उनिहरुको पनि सहभागीता बढाउँनु पर्नेमा उनले जोड दिएका छन् । डेभलपमेण्ट बैंकर संघका अध्यक्ष पद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुराहरु सुधार गर्दै जानुपर्ने कुरा औंल्याएका छन् । यसमा पनि अपांगता भएका व्यक्तिहरुलाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।  शेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीहरुले पनि अस्पष्ट नीतिका कारण अपाङ्गाता भएका व्यक्तिहरुलाई चाहेर पनि ढुक्कसँग सुुविधा प्रदान गर्न नसकेको गुनासो उनले गरेका छन् । त्यस्ता प्रकारका व्यक्तिहरुलाई अझ विशेष प्रकारको सेवा दिनुपर्ने हो तर सम्झौतामा कतिपय नीतिगत अस्पष्टका कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकेको जानकारी उनले गराए ।  नीतिगत स्पष्टतासँगै प्रविधिका प्रयोगका लागि वेव एक्सिबिलिटी गाइडलाई र आर्थिक सुरक्षाका लागि बायोम्याट्रिक्स प्रणालीको विकास भए शेयर बजारमा पनि अपांगता भएका व्यक्तिहरुलाई सहजै सेवा प्रदान गर्न सकिने भनाइ मैनालीको छ ।  मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पनि आफूहरुले दिने सेवाप्रवाहलाई अपांगतामैत्री बनाउँनेतर्फ आन्तरिक रुपमै छलफलमा जुट्ने र थप छलफलका लागि आगामी दिनमा छुट्टै कार्यक्रमको समेत आयोजना गर्न सकिने बताए । शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा सहज बनाउन नीतिगत व्यवस्था अनुसारको प्रणाली विकासमा जोड दिएका छन् ।  अहिले पनि अपांगता भएका व्यक्तिहरुले प्रविधिको प्रयोगमै शेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषयहरु प्रष्ट पारिदिए र त्यसपछि नीतिगत व्यवस्था भए प्रणाली विकासमा कुनै समस्या नहुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ । शेयर बजार अपांगता भएका व्यक्तिहरुका लागि उपयुक्त व्यवसायिक क्षेत्र भएको प्रतिक्रिया आइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । पूँजीबजारको कारोबारका लागि सूचना सबैभन्दा महत्वपूर्ण कुरा हो ।  यसर्थ अपांगता भएका व्यक्तिहरुले तस्विर, डाटाहरुमा भएका सूचनाहरुलाई कसरी पढ्न सक्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । शेयर कारोबारको राफसापका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गनुपर्ने ढुंगानाको भनाइ छ ।