पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन् – बेलायत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थक व्यक्तिलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले असामान्य कदम उठाउँदै युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको छ। मुरायेव रुस समर्थित मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

सम्बन्धित सामग्री

नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्न : रुस

रुसी सेनाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटमा बेलायत  ‘संलग्न’ भएको आरोप लगाएको छ, । ब्रिटिश सैन्य विशेषज्ञहरूले युक्रेनलाई मस्कोको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमणको योजना बनाउन मद्दत गरेको पनि रुसी सेनाले आरोप लगाएको छ ।  रुसले कुनै प्रमाण दिएको छैन । तर, क्रेमलिनले बेलायतलाई मस्कोको सबैभन्दा शत्रुपूर्ण देशहरू मध्ये एक मान्छ । रुसी सेनाले युक्रेनमा हमला गरेपछि अमेरिकासँगै बेलायतले पनि किभलाई सहयोग प्रदान गर्दै आएको छ ।‘ब्रिटिश नौसेनाको यस इकाईका प्रतिनिधिह

भूपू गोर्खासँग वार्ता गर्न बेलायत सरकारद्वारा वार्ता समिति गठन

भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत सरकारका तर्फबाट वार्ता टोली गठन भएको छ । रुस युक्रेन युद्धलगायतका विभिन्न कारणले पछिल्लो समय  ढिलाई भइरहेको वार्ता टोली गठन प्रक्रिया अन्ततः टुंगो लागेको छ । बेलायती मन्त्री लियो डोकर्टीको संयोजकत्वमा बेलायत सरकारले ३१ मी मा वार्ता टोली गठन गरेको हो । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईलगायतका सदस्यहरुलाई मंगलबार दूतावासमा बोलाएर सो कुराको जानकारी गरेका हुन् ।नेपाल

युक्रेन–रुस युद्ध : चीनलाई घाटा कि फाइदा ?

फेब्रुअरीमा सुरु भएको युक्रेन सङ्कटमा अमेरिका–बेलायत, युरोपेली संघ र रुसको पक्षधरता लगभग पहिले नै स्पष्ट थियो । तर युक्रेन–रुस युद्धमा चीनले कसको पक्ष लेला भन्ने विषय अनुमान मात्रै थियो । युद्ध सुरु हुने बित्तिकै चीनले उसको अडान स्पष्ट गर्‍यो – कसैलाई समर्थन नगर्ने । चीनको लागि युक्रेन र रुसबीच एक छान्न गाह्रो थियो किनभने […]

युक्रेनको हवाई क्षेत्र कब्जा गर्न रुस असफल – बेलायत

रुसले युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न असफल भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। रुसले युक्रेनमाथिको आक्रमण आफ्नो पक्षमा ल्याउनका लागि युक्रेनी हवाई क्षेत्र नियन्त्रणको प्रयास गरिरहेको छ। तर त्यसमा रुस असफल भइरहेको बेलायती रक्षा मन्त्रालयले जनाएको हो। पछिल्लो अद्यावधिक गुप्तचर सूचनामा युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न नसकेको रुसले अधिकांश हवाई आक्रमण आफ्नै भूमिबाट […]

रुस, अमेरिका, बेलायत र चीन : कसले थिच्छ परमाणु हमलाको बटन ?

२४ फेब्रुअरी २०२२, रुसमा बिहानीको समय । राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको पूर्वी इलाकामा विशेष सैन्य अभियानको घोषणा गरेसँगै पहिलेदेखि नै सीमा क्षेत्रमा तैनाथ रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो । क्षेत्रफलको हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो भने युक्रेन ४५औं । युक्रेन नेटोको सदस्य नबनोस् र पूर्वका मुलुकहरूमा नेटोका सेना तैनाथ नहुन् भन्ने रुस […]

रुस र बेलारुसका खेलाडीलाई पाराओलम्पिक्समा प्रतिबन्ध

रुस र बेलारुसका खेलाडीहरूले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन पाराओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्। अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिले यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई त्यहाँ ‘आवश्यक’ नभएको खण्डमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै रूस छोड्न भनेको छ। बेलायत तथा अमेरिकाले पनि आफ्ना नागरिकलाई यस्तै सल्लाह दिइरहेका छन्। अमेरिकाले रुसी […]

रुस युरोपमा ठूलो युद्धको तयारीमा जुटेको प्रधानमन्त्री जोन्सनको आरोप

काठमाडौं । बेलायत प्रधानमन्त्री बोरिस जोन्सनले रुस युरोपमा विश्वयुद्धपछि सबैभन्दा ठूलो युद्धको तयारीमा जुटेको आरोप लगाउनुभएको छ । उहाँले बीबीसीसँगको कुराकानीमा रुस युरोपमा सन् १९४५ पछि सबैभन्दा ठूलो युद्धको तयारीमा रहेको दावी गर्नुभएको हो । सम्पूर्ण संकेतहरुले रुसले गरेको तयारीको परिणाम देखिन थालेको उहाँको भनाइ छ । युक्रेनको राजधानी किभमाथि घेराबन्दी गर्ने गरी आक्रमण गर्ने […]

रुस–युक्रेन तनावबारे बाइडेन र जोनसनबीच ४० मिनेट लामो फोनवार्ता

एजेन्सी, ३ फागुन। रुस–युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको बीबीसीले लेखेको छ । फोनवार्तामा बेलायत प्रधानमन्त्री जोनसनले बाइडेनसँग उक्त संकटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका छन्। बाइडेनले पनि बेलायती सहायताबिना केही नगर्ने […]

बेलायती विदेशमन्त्री ट्रस रुस भ्रमणमा जाने

काठमाडौं : बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेन वरपरको तनाव कम गर्ने उद्देश्यले यही फेब्रुअरी १० मा रूसको भ्रमण गर्ने भएकी छन्।गत महिना बेलायत सरकारले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्रसलाई आगामी दिनमा वार्ताका लागि रुस भ्रमण गर्न आग्रह गरेको बताएको थियो। फेब्रुअरीको शुरुतिर उनी कोभिड संक्रमित भएकाले भ्रमण स्थगित गरिएको थियो।