लण्डन : बेलायत सरकारले देशमा आप्रवासीको संख्या घटाउन अध्यागमन सम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ। बेलायती गृहमन्त्री जेम्स क्लेभर्लीले बेलायती संसद्को तल्लो सदनमा यो सम्बन्धमा बयान दिएका हुन्।नयाँ नियममा विदेशी कामदारलाई सीपमा आधारित भिसा प्राप्त गर्नका लागि उच्च तलब सीमा तोक्ने र परिवारका सदस्यहरूलाई आश्रितको रूपमा बेलायत ल्याउन प्रतिबन्ध लगाउने समावेश छ। यो नियम आगामी वसन्त ऋतुदेखि लागू हुनेछ। यो निर्णयको प्रत्यक्ष असर नेपालीलाई पर्नेछ। यसले नेपाली विद्यार्थी र दक्ष कामद