आइसोलेसन सेन्टर सञ्चालन

कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको वीरगन्जमा कोरोना संक्रमितहरुको लागि होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले सामुदायिक आइशोलेसन सञ्चालन गरेको छ । वीरगन्जमा कोरोना संक्रमण अनियन्त्रित भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोधमा नारायणी आस्पतालको निगरानीमा रहने गरी रानीपोखरी होटलमा ५० शैयाको आइसोलेसन तयार गरी संक्रमितलाई राख्न सुरु गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।

सम्बन्धित सामग्री

बाँकेका आइसोलेसन सेन्टर खाली हुँदै

बाँके(नेस)। बाँकेमा कोभिडको दोस्रो महामारी शुरू भएपछि सञ्चालन गरेका २२ वटा अस्पताल-आइसोलेसन सेन्टरमध्येमा नौ वटा खाली भएका छन् ।नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजदेखि कोभिडका लागि स्पेसल वार्ड सञ्चालन गरेका केही अस्पताल र गाउँपालिकाहरूले सञ्चालन गरेको अस्पताल वा आइसोलेसन सेन्टरमा खाली भएका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्ज […]

पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालन हुने

नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितका लागि आइतबारबाट अक्षेश्वर महाविहार पुल्चोकमा ड्राई  (अक्सिजन र आपतकालीन उपचार विनाको) आइसोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ।

एक्यानको पहलमा ३०० बेडको आइसोलेसन सञ्चालन

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र सर्वांग स्वास्थ्य सदन प्रालिले ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन्।...

चन्द्रागिरिमा १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन

चन्द्रागिरि नगरपालिकमा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुँदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको शनिवार नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेसन सेन्टरको स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शय्या सञ्चालनमा ल्याइए तापनि बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शय्या थप गर्दै लैजाने जानकारी दिए । समुदाय स्तरबाट सञ्चालन भएको आइसोलेसन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्य...

कमलपोखरीको अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् । आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्

महासंघको आइसोलेसन सेन्टर सञ्चालन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनसँगको सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई अक्सिजन र आपतकालीन उपचारबिनाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । आइसोलेसन सेन्टरमा शुरूमा २६ बेड रहेका छन् । आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेको महासंघले जनाएको छ । कोरोना संक्रमणका […]

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको […]

वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क

बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो। त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले…