चन्द्रागिरि नगरपालिकमा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
चन्द्रागिरि–१२ बलम्बुस्थित नहुँदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको शनिवार नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेसन सेन्टरको स्थापना गरिएको बताए ।
चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शय्या सञ्चालनमा ल्याइए तापनि बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शय्या थप गर्दै लैजाने जानकारी दिए ।
समुदाय स्तरबाट सञ्चालन भएको आइसोलेसन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्य...