सत्र वर्षदेखि अलपत्र वायु ऊर्जा सञ्चालन गर्न माग

पर्वत- विगत सत्र वर्षदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । त्यहाँ जडित सामानसमेत काम […]

सम्बन्धित सामग्री

अलपत्र वायु ऊर्जा सञ्चालन गर्न माग

झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र

३१ भदौ, पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको …

बूढीगण्डकी बनाउने कम्पनीका लागि डेढ अर्ब बजेट माग

१४ चैत, काठमाडौं । ‘बूढीगण्डकी जलविद्युत् लिमिटेड’का लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेढ अर्ब बजेट माग गरेको छ । १७ भदौमा ऊर्जा मन्त्रालयले दर्ता गरेको कम्पनीले कम्पनीको सञ्चालन र आयोजना निर्माण अघि बढाउनुअघि गर्नुपर्ने तयारीका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट मागेको हो । बजेट अभावका कारण यो कम्पनीले विधिवत रुपमा काम सुरु […]

सीमा विवादमा राजनीतिकरण नगर्ने समझदारी, ऊर्जा सहकार्यको खाका तयार

नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा दुवै पक्षबीच सीमाको विषय संवादबाट हल गर्नुपर्ने र यस्ता सवालहरूको राजनीतिकरण गर्न नहुने समझदारी भएको भारतीय विदेशमन्त्रालयका एक जना उच्च अधिकारीले बताएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले स्थापित संयन्त्रबाट सीमा समस्या हल गर्न अनुरोध गरेको बताएका थिए।नेपाल र भारतबीच लामो समयदेखि सीमा विवादहरू छन् र दुवै देशले केही समय पहिले अद्यावधिक गरेका नक्साले ती समस्या थप जटिल बनेका छन्।पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि पहिलो दुईदेशीय भ्रमणमा नयाँ दिल्ली पुगेका देउवाले सीमा समस्याको बारेमा भारतीय पक्षसँग छलफल गरेको बताएका थिए।सीमाबारे भारतले के भन्यो?प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटवार्तामा भएका प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले भने, 'दुवै पक्षबीच सीमाको सवाल छलफल र सम्वादको माध्यमबाट हल गर्नुपर्छ र यस्ता विषयको राजनीतिकरण गर्नुहुँदैन भन्नेमा आम सहमति रह्यो।'उनले भारतले बाङ्ग्लादेशसम्म भूमि र सामुद्रिक सीमा विवाद हल गरेको प्रसङ्ग कोट्याउँदै नेपालसँग पनि सीमाको विषयमा छलफल गर्ने संयन्त्रहरू रहेको बताए।उनले थपे, 'हामीले के भनिरहेका छौँ भने दुई पक्षबीच संक्षिप्त छलफल भयो र हामीले यी विषयहरू सम्बोधन गर्न सुरु गर्न वार्ता र छलफल जिम्मेवार तरिकाले गर्नुपर्छ भनेर महसुस गरेका छौँ। त्यो दिशामा हामी अघि बढ्छौँ।'कालापानी, लिपुलेक अनि लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो। भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कूटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन।त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ। आफ्ना समकक्षी मोदीसँग भेट्नुअघि देउवालाई भारतीय विदेशमन्त्री एस जयशङ्कर र भारतीय सुरक्षा सल्लाहकार अजित दोभलले भेटेका थिए।ऊर्जा क्षेत्रमा प्रमुख उपलब्धियो पटकको भ्रमणको प्रमुख उपलब्धि ऊर्जा क्षेत्रमा कायम भएको भारतीय विदेश मन्त्रालयको भनाइ छ। उसका अनुसार दुवै देशले ऊर्जा सम्बन्धी संयुक्त अवधारणा पत्रलाई अन्तिम रूप दिएका छन्।त्यसले ऊर्जा क्षेत्रमा सुदृढ साझेदारीको ढोका खोल्ने भारतीय विदेश सचिवले बताए। उनका अनुसार ऊर्जा व्यापारको सम्बन्धमा नेपालले गरेको प्रस्तावलाई अघि बढाइएको भारतीय प्रधानमन्त्री मोदीले देउवालाई जानकारी गराएका थिए।यसबाट नेपालले भारतलाई गर्ने विद्युत् निर्यात उल्लेख्य रूपमा वृद्धि हुने र त्यसले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउने उनले जानकारी दिए।संयुक्त ऊर्जा अवधारणामा के छ?नेपाल र भारतले सहमति गरेको अवधारणा पत्रमा संयुक्त रूपमा ऊर्जा विकासमा दुई देशले सहकार्य गर्ने, अन्तर्देशीय प्रसारण लाइनको विस्तार गर्ने, दुवैतर्फ आपसी लाभ, बजारको माग र घरेलु कानुन अनुसार विद्युत् व्यापार गर्ने, समन्वयात्मक रूपमा राष्ट्रिय ग्रिड सञ्चालन गर्ने र प्रविधि र अपरेशन सहितका क्षेत्रमा सहकार्य गर्ने भनिएको छ।त्यसमा दुईदेशबीचको साझेदारी बाङ्ग्लादेश, भुटान, भारत र नेपाल सम्मिलित बीबीआईएन भनिने उपक्षेत्रीय समूहका साझेदारहरूसँग पनि आपसी सहमतिका आधारमा विस्तार गर्न सकिने उल्लेख छ।नवीकरणीय ऊर्जाको उत्पादन त्यसमा पनि मूल रूपमा जलविद्युत् दुवै देशबीचको ऊर्जा साझेदारीको केन्द्रबिन्दु हुने भनिएको छ। नेपालको जलविद्युत् क्षेत्रमा भारतीय लगानीले दुवै देशलाई विभिन्न लाभ दिने पनि उक्त अवधारणा पत्रमा उल्लेख छ।नेपालले भारतका कम्पनीहरूलाई आपसी लाभ हुने गरी जलाशयमा आधारित परियोजनासहित जलविद्युत क्षेत्रमा लगानी गर्न निम्तो दिएको त्यसमा जनाइएको छ।दुवै प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई जतिसक्दो चाँडो अन्तिम रूप दिने प्रतिवद्धता जनाएका छन्।सन् १९९६ मा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा हस्ताक्षर भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजना निर्माणको प्रतिवद्धता जनाइएको थियो।नेपाल र भारत दुवै देशले प्राथमिकतामा राखेको बताउँदै आएपनि हालसम्म उक्त परियोजनाको डीपीआर समेत बन्न सकेको छैन।भारतसँग अरू के के सम्झौता भयो?प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको प्रधानमन्त्री मोदीसँगको भेटमा जानकारी गराएका थिए।दुवै पक्षबीच भएका सहमति अन्तर्गत भारतको डिजिटल रुपे कार्ड नेपालमा प्रयोगमा आउनेछ र त्यसले पर्यटन सहितका क्षेत्रमा लाभ दिने अधिकारीहरूले बताएका छन्।दुवै पक्षबीच हस्ताक्षर भएको सम्झौता अनुसार पेट्रोलियम पदार्थको आपूर्तिको समयसीमा पाँच वर्षले नवीकरण भएको छ। अर्को सम्झौताले नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्राविधिक साझेदारी आदानप्रदान गर्ने प्रतिवद्धता जनाएको छ।रेलवे क्षेत्रमा प्राविधिक सहकार्य गर्ने समझदारीपत्र र अन्तर्राष्ट्रिय सोलार एलायन्स फ्रेमवर्कमा नेपाल आबद्ध हुने सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ। -बिबिसीबाट

वायु ऊर्जा आयोजना अलपत्र

पर्वत । पर्वतको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्न करोडौंको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् ।      दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति गर्न स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन् । २०६३ सालमा सो केन्द्र नै बन्द भएको थियो । टिटीबिजी नामक संस्थाले एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजान निर्माण गरेको थियो । तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताए । केही उपकरण अझै पनि प्रयोग गर्न मिल्ने भएकाले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।      समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाडाँमा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । फलामखानी, भँगरालगायतका सयौं घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।      त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने बताइएको छ । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्न जिल्ला समन्वय समिति, सम्बन्धित पालिका तथा ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलमखानी करिब ४०० घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ ।      महाशिला गाउँपालिकाले वायु ऊर्जा आयोजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ । यसका बारेमा अध्ययन गरी पुनः सञ्चालन गर्ने वा त्यहाँ भएका उपकरणहरूको व्यवस्थापनबारे निर्णय गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । रासस

भीरकोट नगर अस्पतालमा सौर्य ऊर्जा जडान

स्याङ्जा । स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य ऊर्जा जडान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा अस्पतालमा सौर्य ऊर्जा जडान गरिएको हो । विद्युत् आपूर्तिमा पटक–पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको ४० लाखको लागतमा सौर्य ऊर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए । ‘अस्पताल जस्तो संवेदनशील ठाउँमा विद्युत्सम्बन्धी समस्या अन्त्य गर्दै सहज रूपमा उपचार गर्न सौर्य ऊर्जा जडानमा सहयोग गरेका हौं’, उनले भने, ‘यसले आगामी दिनमा सेवा प्रवाहमा सहजता ल्याउनुका साथै वैकल्पिक ऊर्जाको प्रयोगले कार्बन उत्सर्जनमा समेत नियन्त्रण भई वातावरण संरक्षणमा सहयोग पुग्नेछ ।’ अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य ऊर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ को समय आइसोलेसन सेन्टरका रूपमा रहेको यो अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने गरी तयारी भइरहेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए । ‘विद्युत्को वैकल्पिक व्यवस्थापन गर्न युएनडिपी नेपाललाई सहयोगका लागि अनुरोध गर्‍यौं’, उनले भने, ‘स्थान हामीले दियौं र युएनडिपी नेपालकै सम्पूर्ण लागतमा १० केभिए क्षमताको सौर्य ऊर्जा जडान भएको हो ।’ अस्पतालले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको डायलासिस सेवाका लागि सौर्य ऊर्जाले सहयोग पुग्ने विश्वास नगरप्रमुख खनालको छ । जिल्लाको मध्यभाग र सिद्धार्थ राजमार्गको नजिकै भएकाले पनि यो अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उक्त अस्पतालमा सूर्योदय ऊर्जा प्रालिले सौर्य उर्जा जडान गरेको हो । जिल्लाको मध्यभाग भीरकोट नगरपालिका–१ हेलुमा अवस्थित भीरकोट नगर अस्पतालमा १ सय शय्या रहे पनि हाल ५० शय्याको स्वीकृति लिएर सञ्चालन भइरहेको छ । कोभिड– १९ को समय अस्पताललाई आइसोलेसन सेन्टरको रूपमा प्रयोगमा ल्याइएको थियो । रासस

सौर्य ऊर्जा : ढिलो आएको चेत

देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा चिनाइएको भैरहवास्थित गौतम बुद्ध विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने स्वागतयोग्य निर्णय गरिएको छ । देशभित्र विद्युतीय ऊर्जाको बढ्दो मागसँगै यसको व्यवस्थापन जटिल हुँदै गएको परिप्रेक्ष्यमा ऊर्जाका वैकल्पिक स्रोतहरूका बारेमा बेलैमा गृहकार्य नगरिए मुलुकले केही दशकपछि पुनः ऊर्जा संकट झेल्नुपर्ने खतरा बढ्दो छ । किनकि ऊर्जाको माग जुन ढंगले बढ्दै गएको छ, त्यसको अनुपातमा उत्पादन बढ्न सकेको छैन । हाल देशमा १ हजार ४ सय ५० मेगावाट विद्युत्को माग रहेकोमा ०७५÷७६ को फागुनसम्म कुल विद्युत् उत्पादन १ हजार १ सय ४२ मेगावाटमात्र छ ।