माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना : वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने

काठमाडौं  । वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको मंगलवार शिलान्यास गरिएको छ । कूल लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माण कार्यको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौंमा आयोजित समारोहमा शिलान्यास गरेका हुन् ।  रसुवामा निर्माणाधीन २१६ मेगावाटको उक्त आयोजनाबाट बर्खायाममा भने पूरै क्षमतामा विद्युत् उत्पादन हुने बताइएको छ । यसमा ९ अन्तरराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकुमा बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् ।  आयोजनाको मुख्य निर्माण गत २०७८ पुसमा शुरू गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायत सम्पूर्ण संरचनाको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको बताइएको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत पुगेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण शुरू गर्ने प्रवद्र्धकको योजना छ ।  आयोजना निर्माणमा हाल करीब १ हजार श्रमिक परिचालित छन् । तीमध्ये करीब आधा रसुवा जिल्लाका स्थानीय छन् । आयोजना निर्माण अवधि (५ वर्ष) मा ७ सयदेखि हजार नेपाली श्रमिकले दैनिक रोजगारी पाउने बताइएको छ । आयोजना सञ्चालन अवधि (३० वर्ष)मा ७०–८० जनाले रोजगारी पाउनेछन् । आयोजना निर्माणका लागि इन्जिनीयरिङ, खरीद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले काम गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरिया सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ । आयोजनाको लागत ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।  आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँद याममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरीदविक्री सम्झौता सम्पन्न भइसकेको छ ।  काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । यो आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित सामग्री

माथिल्लो त्रिशूली–१ निर्माण तीव्र गतिमा

रसुवाको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमताको छ ।  सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले...

माथिल्लो त्रिशूली–१ निर्माण तीव्र गतिमा

रसुवाको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमताको छ ।  सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले...

जलविद्युत्को प्रभाव प्रतिवेदन सार्वजनिक

रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६) बारे तयार पारिएको अध्ययन प्रतिवेदन (नेपाली र तामाङ दुवै भाषामा) सार्वजनिक गरिएको छ।...

माथिल्लो त्रिशूली १ मा ठूलो वैदेशिक लगानी, लगानीकर्तासँग सम्झौता आज

जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुङ्गो लागेको छ ।