तिब्बतद्वारा आज नेपाललाई ८ सय थान अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले आज नेपाललाई कोरोना महामारीविरुद्ध लड्न दोस्रो लट अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। तिब्बतले ८ सय थान अक्सिजन सिलिन्डर,२ सय थान आइसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ हजार थान एन्टीजेन किट आज तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पनि तिब्बतले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गरेको थियो।

सम्बन्धित सामग्री

एनआरएनएद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्को सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ।  ९३ हजार […]

एनआरएनएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराइने एनआरएनएले जनाएको छ।  ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्ता

धादिङका सात स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरिएको छ । अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले धादिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० व

माइटी गरुडा च्यारिटेवल ट्रष्टद्वारा खाद्यान्न सहयोग र स्वास्थ्य सामग्री सहयोग

कठमाण्डौं, ३० जेठ। माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल नून लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण […]

माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटा प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। माओवादीले अक्सिमिटर, पीपीइ सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायतका स्वास्थ्य समाग्री सहयोग गरेको हो। यी स्वास्थ्य सामाग्री जुटाउन माओवादीलाई चीन…