आउँदाे ३ दिन देशभर ठूलाे पानी पर्ने, सावधानी अपनाउन आग्रह

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।  आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदाे तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलाे पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,...

सम्बन्धित सामग्री

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम, ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी ...

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै, राति गण्डकी र लुम्ब...

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्की - कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । यसैबीच, अहिले नौबिसे-मुग्...

आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।   केही  ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भए...

अबको केही दिन पानी कम पर्ने

काठमाण्डाै – अबको केही दिन पानी कम पर्ने मौसमविद्ले बताएका छन् । अघिल्लो हप्ता सक्रिय भएको मनसुनी गतिविधि अहिले केही कमजोर बनेको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सरिसकेकाले तत्काल लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसाे केही ठाउँमा सामान्य पानी पर्ने सम्भवना छ । तर, देशका धेरै ठाउँमा घाम लाग्ने छ । राति भने प्रदेश १ का केही ठाउँमा ठूलो पानी  पर्ने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।  अबको तीन दिन लगातार झरी नपरे पनि त्यसपछि भ...

डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ । प्...

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । भारतमा आएको चक्रवातका कारण मौसम बद्ली भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ । यस्तै हिमाली भे...