काठमाण्डाै - आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
केही ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भए...