सुर्खेत : गत आइतबार जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरकी लक्ष्मी खत्रीको अत्यधिक रक्तस्राव भयो।गर्भवती लक्ष्मीलाई घरबाट झण्डै ३ घण्टा टाढा रहेको हल्चौरबाट पालिकाको अस्पताल रुकुम पश्चिम ल्याइयो। त्यहाँ पनि उपचार सम्भव भएपछि १४ हजार रुपैयाँ जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो। उपचारलगत्तै छोरीको जन्म दिएको लक्ष्मीलाई ‘बी’ पोजेटिभ रगते आवश्यक परेको भन्दै अस्पतालले श्रीमान विष्णु खत्रीलाई अह्राए । जिल्लामा ब्लड बैंक नभएका कारण विष्णुले तत्काल स