उत्तराखण्डको चमोलीमा हिमनदी विस्फोटपछि उद्धारकार्य जारी छ ।
आइतवार आएको बाढीको कारणका विषयमा विभिन्न किसिमका सिद्धान्त सार्वजनिक भएका छन् । वातावरणविद्हरू ऋषिगंगा पावर प्रोजेक्ट र विकासको नाममा धमाधम बनाइएका बाँधको आलोचना गरिरहेका छन् ।
यसैबीच तपोवनको रैणी गाउँका केही मानिसले सन् १९६५ को गोप्य मिसनका क्रममा नन्दा देवी पर्वतमा एउटा रेडियोयाक्टिभ डिभाइस हराएको र यसका कारण उत्पन्न गर्मीले गर्दा हिमताल विस्फोट भएको बताएका छन् ।
नन्दा देवी पर्वत समुद्र सतहबाट ७८ सय मिटर उचाइमा छ । शीतयुद्ध चल...