मल उपलव्ध गराउन राप्रपा लमजुङद्धारा एक घण्टे धर्ना तथा कोणसभा

लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना तथा कोणसभा गरेको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले हरेक वर्ष मलको अभाव हुने गरेको र हाल साल पनि अहिलेसम्म पनि कृषकले मल नपाएको भन्दै तत्काल कृषकलाई मल, वीउ उपलव्ध गराउनु पर्ने, समयमा मल आपूर्ति […]

सम्बन्धित सामग्री

ब्याजदरविरोधी आन्दोलन स्थगित

विराटनगर । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघको अगुवाइमा जारी काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनपछि आन्दोलन स्थगित गरिएको हो । संघले शनिवार संघीय राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । त्यसअघि व्यवसायीले विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका थिए । मंगलवार प्रधानमन्त्री दाहाललाई भेटेर आफ्ना माग बुझाएको र उहाँले सबै समस्याको समाधान गर्ने आश्वासन दिनुभएको संघले बताएको छ । उद्योगी व्यवसायीले उठाएका माग र भोग्नुपरेका समस्यामा प्रधानमन्त्रीले नै बुँदागत सम्बोधन गरेपछि उद्योगी उत्साहित बनेका थिए । उनीहरूले प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित भएको घोषणा गरे ।   संघका अध्यक्ष तथा बैंक, वित्तीय समस्या संघर्ष समितिका संयोजक नवीन रिजालले अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानको पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलन स्थगित गरिएको बताए । आइतवार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गरेका उद्योगी व्यवसायीले सोमवार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारअगाडि धर्ना दिएका थिए । व्यवसायीले बैंकको ब्याजदर एक अंकमा आउनुपर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने, आधारदरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने, चालू पूँजी कर्जा मार्गदर्शन खारेज गरी व्यावहारिक  बनाइनुपर्ने माग अघि सारेका छन् । त्यसैगरी उनीहरूले वित्तीय सेवा शुल्क कम गर्नुपर्ने, हालको असहज अवस्थाका कारण कर्जाको पुनर्संरचना र पुनर्तालीकीकरण गर्न पाउनुपर्ने, स्प्रेडदर बढीमा २ प्रतिशत र आधारदर गणना तरिका सार्वजनिक गरिनुपर्नेलगायत माग राखी आन्दोलन अघि बढाएका थिए । ‘वित्तीय क्षेत्रमा देखिएको समस्या र हाम्रा मागबारे प्रधानमन्त्री आफै जानकार हुनुहँुदो रहेछ । उहाँले ती विषयलाई गम्भीरतापूर्वक लिएर ब्याजदर घटाउन सरकारले पहल गर्ने आश्वासन दिनुभएपछि हामीले आन्दोलन स्थगित गरेका हौं,’ रिजालले भने, ‘केही समयपछि नै यसबारे सकारात्मक नतिजा आउनेछ ।’ संघले उठाएका मागलाई उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ जस्ता संघसंस्थाले समर्थन गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघर्ष समितिका संयोजक रिजाल तथा दिलसुन्दर श्रेष्ठ, प्रकाश मुन्दडा र पिताम्बर जोशीको टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको थियो ।

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका […]

राप्रपाले किसानका मुद्दा लिएर आन्दोलन गर्ने

राप्रपाले विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उसका भातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रीत भइ असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ

धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने माग गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा वकिल र प्रहरीबीच धकेलाधकेल भएको हो । विरोध प्रदर्शनमा उत्रिएका वकिलले यसअघि नेपाल बार एसोसिएसनमा सञ्चालन गर्ने कोणसभा […]

बिचौलियाको नाइके चोलेन्द्र शमशेर हो : श्रेष्ठ

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको ब्यानरमा मंगलबार पनि सर्वोच्च अदालत परिसरमा विरोध र कोणसभा भएको छ । प्रधानन्यायाधीशले नियमित पेसी तोकेपछि आक्रोशित कानुन व्यवसायीले धर्ना  र कोणसभामा बोल्दै जबराको राजीनामा माग्नेदेखि उनको राजीनामा मागिरहेका सर्वोच्च अदालतका…

राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो

कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले मंगलबार बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।

सेवा शुल्क बढाउनुपर्ने लगायतका १७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

११ माघ, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा […]