काठमाडौँ । गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै रु ८४ लाख सङ्कलन गरिएको छ ।