महोत्तरीको गौशाला नगरपालिकामा मतदान रोकियो

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ। गौशाला–९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछि विवाद चर्किएको हो। जसका कारण करिब एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ। मतदानस्थलबाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ। इलाका प्रहरी […]