अपि पावरको हकप्रद शेयर पुनः आजदेखि लिलामीमा

काठमाडौं, १३ साउन । अपि पावर कम्पनीले अवितरित हकप्रद शेयर फेरी आजदेखि लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो । कम्पनीको शेयर खरिद साउन २० गतेसम्म गर्न सकिनेछ । शेयर बिक्रि […]

सम्बन्धित सामग्री

घट्दो बजारको असर सार्वजनिक निष्कासनमा

काठमाडौं । धितोपत्रको दोस्रो बजार निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक निष्कासनका धितोपत्रमा परेको छ । बजार घट्दै जाँदा सूचीकृत धितोपत्रको मूल्यमा कमी आएसँगै सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्न समस्या भएको विक्री प्रबन्धकहरू बताउँछन् । धितोपत्रको दोस्रो बजार घट्दै जाँदा राम्रा कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले साधारण शेयरबाहेक अन्य धितोपत्रमा लगानीकर्ताको आकर्षण कम भएको बुझाइ विक्री प्रबन्धकहरूको छ । जानकार लगानीकर्ता भने बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले लगानी कम भएको प्रतिक्रिया दिन्छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पछिल्लो समय आर्थिक संकटको अवस्थामा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेकाले लगानी घटेको बताउँछन् । सार्वजनिक निष्कासनले निरन्तरता पाउनु सकारात्मक पाटो रहे पनि अहिलेको अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको तीव्रतालाई घटाउनुपर्ने फुल्लेलले सुझाए ।  बजारलाई माग र आपूर्तिले सन्तुलनमा राख्ने हुँदा माग बढ्ने गतिविधि नभइरहेको बेला आपूर्ति कम गरेर भए पनि बजारको विकासमा ध्यान दिनुपर्ने फुल्लेल बताउँछन् । बैंक, वित्तीय संस्थामा पर्याप्त तरलता भई कर्जा लिनका लागि बोलाइरहेको अवस्थामा पनि लगानीकर्ता चर्को ब्याजदरका कारण कर्जा लिन डराइरहेको फुल्लेलले बताए । मार्जिन कर्जामा १२ करोडको सीमाका कारण ठूला लगानीकर्ताले लगानी बढाउन नसकेको गुनासोसमेत फुल्लेलले गरे । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आउने धितोपत्र दोस्रो बजारसँग जोडिने हुँदा दोस्रो बजारले गति लिन आफूले सुझाएका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा फुल्लेलले जोड दिए ।  अपि पावर, अरुण काबेली पावर, मल्टिपर्पस फाइनान्स र सिनर्जी पावरको हकप्रद शेयर, स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको साधारण शेयर र हिमालयन ८०–२० को एकाइ हाल सार्वजनिक निष्कासन तथा विक्रीमा छन् । भदौ १० गतेदेखि सर्वसाधारणलाई शेयर विक्री गरिरहेको मान्डु हाइड्रोपावरको आईपीओमा भने मागभन्दा बढी आवेदन परेपछि छिटो अवधि भदौ १३ गते नै निष्कासन तथा विक्री बन्द भइसकेको छ । मान्डुको आईपीओमो छिटो अवधिभित्र मागभन्दा झन्डै नौ गुणा बढी आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आए पनि सोही आईपीओ स्थानीयमा भने कतिपय कम्पनीको विकेको छैन । सर्वसाधारणमा विकेको मान्डु हाइड्रोपावरको आईपीओ पनि स्थानीयमा ७९ हजार ३० कित्ता विक्री हुन सकेको थिएन । कम्पनीले स्थानीयमा २ लाख ७२ हजार ७३० कित्ता आईपीओ छुट्ट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको उक्त आईपीओ समेत सर्वसाधारणमा विक्री भएको छ । अहिले आयोजना प्रभावित स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयलको आईपीओ विक्रीमा छ । साउन २९ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओ छिटो अवधि भदौ ११ गतेसम्म स्थानीयमा नबिकेपछि अवधि थप गरी भदौ २६ गतेसम्मको मिति तय गरिएको छ । यो कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रूपैयाँ थप गरी प्रतिशेयर २२५ रुपैयाँमा आईपीओ विक्रीमा ल्याएको हो । त्यस्तै प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यमा साउन ३२ गतेदेखि विक्रीमा आएको हिमालयन ८०–२० योजनाको एकाइ पनि छिटो अवधि भदौ ४ गतेसम्म नबिकेपछि भदौ १५ गतेसम्मको विक्री मिति तय गरिएको छ । चार कम्पनीको हकप्रद शेयर खरीदका लागि परेको आवेदनको तथ्यांक हेर्दा पनि तोकिएको अवधिभित्र सम्पूर्ण कित्ता बिक्ने सम्भावना कम देखिन्छ । यसअघि हकप्रद जारी गरेको नेशनल हाइड्रोपावरको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता हकप्रद शेयर नबिकेपछि भदौ १३ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले ५० प्रतिशत दरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ६८ लाख ८४ हजार ७१७ कित्ता मात्र वितरण भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म जेठ ३२ गतेसम्म कायम शेयरधनीका लागि हकप्रद शेयर जारी गरेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारणतर्फ वितरण हुन नसकेको १३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागिएको हो ।

अपि पावरको ४ लाख ४९ हजारभन्दा बढी कित्ता अवितरित हकप्रद आजदेखि लिलामीमा

जेठ १८, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर आज (बुधवार) देखि लिलामीमा विक्री गर्ने भएको छ ।  कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो ।  चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको थियो ।  यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  जेठ २६ गतेसम्म इच्छुक खरीदकर्ताहरुले कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं, मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।  कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन अपिले हकप्रद निष्कासन गरेको हो ।

अपि पावरको ४ लाख ५२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउँदै

जेठ ८, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो । चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको छ । कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरुको हकप्रद शेयर वापतको रकम जेठ ९ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा प्रतिशेयर रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । कम्पनीले निर्माणाधीन  ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गरेको हो ।