वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी

वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।...

सम्बन्धित सामग्री

म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।...

वैदेशिक रोजगार विभागमा तारा बरालमाथि किन भयो हातपात ? (बयानसहित)

काठमाडौं । वैदेशिक रोजगारका पीडितलाई न्याय माग्न भन्दै वैदेशिक रोजगार विभाग पुगेकी अभियन्ता तारा बरालमाथि मंगलबार हातपात भएको छ । आफूलाई म्यानपावर व्यवसायी र गुण्डाको समूहले हेलमेटले प्रहार गरेको आरोप बरालले लगाएकी छन् । सामाजिक सञ्जालमा आएका भिडियोमा बरालले टाउको समाउँदै भूईमा लडीबुडी गरेको देखिन्छ । स्थिति तनावपूर्ण भएपछि प्रहरी बाक्लो संख्यामा उपस्थित भएका थिए […]

वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्दो

वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्दो छ । चालू आर्थिक वर्षको असोज तेस्रो सातासम्ममा विभिन्न पक्षबाट १ सय ३४ जना नेपाली कामदार ठगिएका छन् । यीमध्ये ८४ जना व्यक्तिगत र ५० जना म्यानपावर कम्पनीबाट ठगिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । आव ०६६/६७ को तुलनामा चालू आवमा बढी कामदार ठगिएको वैदेशिक रोजगार विभाग उजुरी शाखाका प्रमुख पुष्कर नेपालले बताए । ‘म्यानपावर कम्पनीले आफ्नो तर्फबाट थोरै कामदार ठगिएको बताए पनि विभागमा उजुरी गर्न आउनेको संख्या बढेको छ,’ उनले भने । कामदारहरूले वैदेशिक रोजगार विभागमा रू. ६ करोड ८० लाखबराबर रकमको बिगो दाबी गरेका छन् । वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७

म्यानपावर कम्पनीको दोष हो

टुरिष्ट तथा भिजिटिङ भिसा लिएर  विदेशमा काम गर्नु ठीक होइन । मानिसहरू अज्ञानतावश यो माध्यममार्फत विदेश गइरहेका छन् । टुरिष्ट तथा भिजिटिङ भिसामा जाँदा दु:ख पाइन्छ, धोका हुन्छ भन्ने मानिसहरूलाई थाहा नै छैन । यसको मुख्य दोषी त यसरी कुरै नबुझी टुरिष्ट तथा भिजिटिङ भिसामा विदेश जाने व्यक्ति हो । त्यस्ता  व्यक्तिहरूलाई म्यानपावर कम्पनीहरूले पनि टुरिष्ट तथा भिजिटिङ भिसामा पठाइरहेका छन् । तर, कागजी रूपमा कुन म्यानपावर कम्पनीले पठाएको भन्ने केही पनि प्रमाण भेट्न सकिन्न । नाफा कमाउने होडमा जस्ता व्यक्तिलाई पनि टुरिष्ट तथा भिजिटिङ भिसामा विदेश पठाउनु म्यानपावर कम्पनीको पनि दोष हो । अहिले विभिन्न समस्या आएपछि सम्बन्धित देशका राजदूतावासले टुरिष्ट तथा भिजिटिङ भिसामा कसैलाई  नपठाउन पत्राचार गरेका छन् । वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग पनि यसमा दोषी छन् । यससम्बन्धी जनचेतना जगाउन नसक्नु उनीहरूको कमजोरी हो । अध्यागमन विभागले यससम्बन्धमा आफूलाई केही थाहा नहुने  बताउँछ । विदेश जाने कसैले पनि कुन भिसामा जान लागको बताउँदैनन् र समस्या आएपछि मात्र हामीलाई सम्झन्छन् । अध्यागमन विभागले कागजी रूपमा कुनै जानकारी नआएकाले केही पहल गर्न नसकेको बताउँछ । यसको समाधान गर्ने काम हाम्रो भनेर भन्दछ । तर, यो कुरा बोर्डको कार्यक्षेत्रभित्र पर्दैन । (वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अध्यक्ष स्थानेश्वर देवकोटासँगको कुराकानीबाट) वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट

काठमाण्डौ – आउँदो वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र गरिने भएको छ । वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलबाट वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने भएको हो ।  ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई जानकारी गराएको छ ।  यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ...

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर, भनिए अनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन् । यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा १ अर्ब रुपैयाँ हाराहारी छ । वैदेशिक रोजगार विभाग अनुसार

सेवा शुल्क बढाउनुपर्ने लगायतका १७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

११ माघ, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा […]

कागजमै सीमित ‘फ्री भिसा-टिकट’

१९ साउन, काठमाडौं । जाजरकोट नलगाड–३ का नवीनप्रकाश पुन एक महिनादेखि वैदेशिक रोजगार विभाग धाइरहेका छन् । मलेसिया जान भन्दै साहुबाट ऋण काढेर उनले डेढ लाख रुपैयाँ म्यानपावरलाई बुझाए । काठमाडौं सामाखुसीको सुनगाभा म्यानपावर कम्पनीले विदेश …