म्यानपावर कम्पनीको दोष हो

टुरिष्ट तथा भिजिटिङ भिसा लिएर  विदेशमा काम गर्नु ठीक होइन । मानिसहरू अज्ञानतावश यो माध्यममार्फत विदेश गइरहेका छन् । टुरिष्ट तथा भिजिटिङ भिसामा जाँदा दु:ख पाइन्छ, धोका हुन्छ भन्ने मानिसहरूलाई थाहा नै छैन । यसको मुख्य दोषी त यसरी कुरै नबुझी टुरिष्ट तथा भिजिटिङ भिसामा विदेश जाने व्यक्ति हो । त्यस्ता  व्यक्तिहरूलाई म्यानपावर कम्पनीहरूले पनि टुरिष्ट तथा भिजिटिङ भिसामा पठाइरहेका छन् । तर, कागजी रूपमा कुन म्यानपावर कम्पनीले पठाएको भन्ने केही पनि प्रमाण भेट्न सकिन्न । नाफा कमाउने होडमा जस्ता व्यक्तिलाई पनि टुरिष्ट तथा भिजिटिङ भिसामा विदेश पठाउनु म्यानपावर कम्पनीको पनि दोष हो । अहिले विभिन्न समस्या आएपछि सम्बन्धित देशका राजदूतावासले टुरिष्ट तथा भिजिटिङ भिसामा कसैलाई  नपठाउन पत्राचार गरेका छन् । वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग पनि यसमा दोषी छन् । यससम्बन्धी जनचेतना जगाउन नसक्नु उनीहरूको कमजोरी हो । अध्यागमन विभागले यससम्बन्धमा आफूलाई केही थाहा नहुने  बताउँछ । विदेश जाने कसैले पनि कुन भिसामा जान लागको बताउँदैनन् र समस्या आएपछि मात्र हामीलाई सम्झन्छन् । अध्यागमन विभागले कागजी रूपमा कुनै जानकारी नआएकाले केही पहल गर्न नसकेको बताउँछ । यसको समाधान गर्ने काम हाम्रो भनेर भन्दछ । तर, यो कुरा बोर्डको कार्यक्षेत्रभित्र पर्दैन । (वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अध्यक्ष स्थानेश्वर देवकोटासँगको कुराकानीबाट) वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७