वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्दो

वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्दो छ । चालू आर्थिक वर्षको असोज तेस्रो सातासम्ममा विभिन्न पक्षबाट १ सय ३४ जना नेपाली कामदार ठगिएका छन् । यीमध्ये ८४ जना व्यक्तिगत र ५० जना म्यानपावर कम्पनीबाट ठगिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । आव ०६६/६७ को तुलनामा चालू आवमा बढी कामदार ठगिएको वैदेशिक रोजगार विभाग उजुरी शाखाका प्रमुख पुष्कर नेपालले बताए । ‘म्यानपावर कम्पनीले आफ्नो तर्फबाट थोरै कामदार ठगिएको बताए पनि विभागमा उजुरी गर्न आउनेको संख्या बढेको छ,’ उनले भने । कामदारहरूले वैदेशिक रोजगार विभागमा रू. ६ करोड ८० लाखबराबर रकमको बिगो दाबी गरेका छन् । वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७  

सम्बन्धित सामग्री

सम्पादकीय: जहाँ १० हजार नेपाली, त्यहाँ दूतावास खोल्ने सकारात्मक पहल

नेपाली श्रमिकको वैदेशिक रोजगारी पछिल्लो समय बिस्तारै युरोपतिर सरिरहेको छ । पूर्वी युरोपबाट प्रवेश गरेर नेपालीहरू पश्चिम युरोपतर्फ सर्ने क्रम बढ्दो छ । युरोपको आन्तरिक श्रम बजारमा अदक्ष श्रमिकको अभाव हुन थालेपछि नेपाली श्रमिकको माग बढ्दो छ ।