फागुन २९, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा सोमवार गर्ने जानकारी गराएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।