अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने […]

सम्बन्धित सामग्री

एक लिटर पानीको अधिकतम मूल्य १६ रुपैयाँ, बढी लिए कारबाही गर्ने सरकारको निर्णय

काठमाडौंः १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ। विभागले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाएपछि व्यावसायीलाई बोलाएर सम्झाएको हो। काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ। व्यावसायीले भने मनलाग्दी बोतलको पानीको…

पाकिस्तानमा २३३ रुपैयाँ भयो पेट्रोल, डिजेल पनि प्रति लिटर ५९ रुपैयाँ महँगियो

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार सरकार पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा अनुदान दिन सक्ने स्थितिमा नभएको स्पष्ट पारेका छन् । अनुदान दिन नसकेको स्थितिमा पेट्रोलको मूल्य बढाउनुबाहेक सरकारसँग कुनै विकल्प नभएको पनि बताएका छन् ।त्यसैले पाकिस्तानमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ । यसपटक पेट्रोलको मूल्य प्रति लिटर २४.०३ पाकिस्तानी रुपैयाँ बढाइएको छ । यसका साथै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्यले रेकर्ड कायम गरेको छ । पेट्रोलको नयाँ मूल्य २३३.८९ प्रति लिटर भएको छ ।यो मूल्य बिहि

पाकिस्तानमा एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बि

इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

८ जेठ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० […]

फेरी बढ्यो इन्धनको मूल्य , पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ […]

दुधको मूल्य बढ्यो, अब एक लिटर कै ८५ रुपैयाँ

प्रशोधित दुधको मूल्य बढेको छ । सरकारको स्वामित्वमा  रहेको दुग्ध विकास  संस्थान डीडीसीले दूधकाे उपभोक्ता मूल्य  प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण  गरेको हो ।डीडीसीको  बुधबार बसेको  सञ्चालक  समितिको बैठकले  दूधको मूल्य प्रति लिटर ७६ रुपैयाँबाट बढाएर प्रति लिटर ८५ रुपैयाँ निर्धारण  गरेको  हो ।    बढेको नौ रुपैयाँमा मध्ये प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानले पाउने र प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने डीडीसीले जनाएको छ ।यस अघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६.०४ पैसा कायम गरेको थियो।  किसानबाट खरिद गर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ पैसा रहेकोमा सरकारले १३.१७ प्रतिशतले अर्थात् प्रतिलिटर ६.५२ रुपैयाँ मूल्य बढाएको थियो । दूधको मूल्य फ्याट र एसएनएफका आधारमा गरिएको थियो। हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ।  फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ। यो मूल्य सहकारीको कमिसनबाहेक हो। मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।

आजदेखि एक लिटर पेट्रोल किन्न १३९ रुपैयाँ खर्चिनुपर्ने

कोरोना कहरका बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा परेका छन् । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर काय...

दूधको मूल्य प्रति लिटर १० रुपैयाँ बढाउन सिफारिस

दूधको मूल्य प्रति लिटर १० रुपैयाँ बढाउन सिफारिस गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले  कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस गरेको हो ।बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालासँग छलफल गरेर मूल्य बढाउँन प्रस्ताव गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने गरि सिफारिस गरिएको हो।पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको र सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको भनाई छ। त्यस्तै चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य पनि बढेकोले लागत अनुसार किसानले मूल्य नपाएकोले मूल्य बढाउनु पर्ने बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्छ ।  अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ ।  बोर्डले गरेको सिफारिस अनुसार मन्त्रालयले मूल्य बढाउने निर्णय गरे दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्ने छ ।

१ लिटर पेट्रोलको कर नै ५७ रुपैयाँ, यसरी गर्छ आयल निगमले मूल्य निर्धारण

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रामा कर रहेको तथ्य प्रस्तुत गरेको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको 'पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनिति ' विषयक अन्तरक्रियामा निगमले पेट्रोलमा प्रति लिटर ५० रुपैयाँ भन्दा बढी कर कै रकम रहेको तथ्य प्रस्तुत गरेको हो ।निगमका अनुसार हाल नेपाल सरकारको ब्यबस्था अनुसार प्रति लिटर पेट्रोलमा २५ रुपैयाँ २० पैसा भन्सार शुल्क, ०.०३ रुपैयाँ भन्सार सेवा शुल्क, ४ रुपैयाँ सडक सम्भार शुल्क, १० रुपैयाँ पूर्वाधार विकास कर, १.५० रुपैयाँ वातावरण शुल्क, १५.६५ रुपैयाँ मूल्य अभिवृद्धि कर (१ नोभेम्बर २०२१ को मुल्यमा), र मूल्य स्थिरिकरण कोषमा १.३६ रुपैयाँ जान्छ ।   यस हिसाबमा उपभोक्ताले प्रति लिटर पेट्रोलमा ५७.७३ रुपैयाँ राजश्व तिर्ने गरेका छन् ।त्यस्तै प्रति लिटर डिजेलमा  १२ रुपैयाँ भन्सार शुल्क, ०.०३ रुपैयाँ भन्सार सेवा शुल्क,३  रुपैयाँ सडक सम्भार शुल्क, १० रुपैयाँ पूर्वाधार विकास कर, १.५० रुपैयाँ वातावरण शुल्क, १३.६९ रुपैयाँ मूल्य अभिवृद्धि कर (१ नोभेम्बर २०२१ को मुल्यमा), र मूल्य स्थिरिकरण कोषमा १.१९ रुपैयाँ जान्छ ।   यस हिसाबमा उपभोक्ताले प्रति लिटर डिजेलमा ४०.४१ रुपैयाँ राजश्व तिर्ने गरेका छन् । त्यस्तै खाना पकाउने ग्यासमा प्रति लिटर ८६.३७ रुपैयाँ भन्सार शुल्क, ०.३९ रुपैयाँ भन्सार सेवा शुल्क,१७६.३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (१ नोभेम्बर २०२१ को मुल्यमा), र मूल्य स्थिरिकरण कोषमा १५.७५ रुपैयाँ जान्छ ।   यस हिसाबमा उपभोक्ताले प्रति लिटर खान पकाउने ग्यासमा २७८.८६ रुपैयाँ राजश्व तिर्ने गरेका छन् । निगमका अनुसार अन्तर्राष्ट्रिय बजार भाउ बमोजिम ईन्डियन आयल कर्परेसन बाट निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको हरेक १५ दिनको बजारको औसत मूल्य तथा मट्टितेल र एल पि ग्यासको ३० दिनको मूल्य सुची पौअने गरेको छ । प्राप्त मूल्यलाई प्लाट्स, आर्गस जस्ता विश्वसनीय उपकरणबाट निगमले क्रस भेरिफाई गर्दछ । सो मूल्यमा भन्सार शुल्क, सडक मर्मत सुधार, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धी कर , अन्य विभिन्न शिर्षकका कर तथा शुल्कहरु, ईण्डियन आयल डिपोबाट निगमको डिपोसम्मको ढुवानी टैङ्कर तथा बिमा खर्च, प्राविधिक नोक्सानी, निगमको प्रशासकीय खर्च, र डिलर्सको कमिसन तथा खर्चहरु जोडी पेट्रोल पम्म र विक्री स्थलको मूल्य निर्धारण गरिने गरेको निगमले जनाएको छ।

रुकुम पश्चिमबाट ७४ हजार लिटर दुध निर्यात

रुकुम पूर्व : रुकुम पश्चिमबाट एक वर्षमा करिब ७४ हजार लिटर दुध निर्यात भएको छ।गत आर्थिक वर्षमा ७३ हजार ९९४ लिटर दुध नेपालगञ्ज निरयात भएको हो। मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगञ्जमा दुध पठाउने गरेको छ। दुध निर्यातबाट ४० लाख ६७ हजार ४८६ रुपैयाँ भित्रिएको छ।आर्थिक वर्ष २०७६/७७ को तुलनामा भने आर्थिक वर्ष २०७७/७८ मा दुध निर्यात घटेको छ। २०७६/७७ मा एक लाख १४ हजार ८८० लिटर दुध निर्यात भएको थियो। यसबाट ६१ लाख ९०० रुपैयाँ भित्रिएएको थियो। गत वर्ष कोरोना भ