पाकिस्तानमा एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बि