दुधको मूल्य बढ्यो, अब एक लिटर कै ८५ रुपैयाँ

प्रशोधित दुधको मूल्य बढेको छ । सरकारको स्वामित्वमा  रहेको दुग्ध विकास  संस्थान डीडीसीले दूधकाे उपभोक्ता मूल्य  प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण  गरेको हो ।डीडीसीको  बुधबार बसेको  सञ्चालक  समितिको बैठकले  दूधको मूल्य प्रति लिटर ७६ रुपैयाँबाट बढाएर प्रति लिटर ८५ रुपैयाँ निर्धारण  गरेको  हो ।    बढेको नौ रुपैयाँमा मध्ये प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानले पाउने र प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने डीडीसीले जनाएको छ ।यस अघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६.०४ पैसा कायम गरेको थियो।  किसानबाट खरिद गर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ पैसा रहेकोमा सरकारले १३.१७ प्रतिशतले अर्थात् प्रतिलिटर ६.५२ रुपैयाँ मूल्य बढाएको थियो । दूधको मूल्य फ्याट र एसएनएफका आधारमा गरिएको थियो। हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ।  फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ। यो मूल्य सहकारीको कमिसनबाहेक हो। मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो। 

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो - Nepal Japan

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम ह

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ । निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ ख...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो । निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३० वैशाख : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्यो, अब कुनको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज माघ ५ गते रातीदेखि लागु हुने गरि डिजेल, पेट्रोल , मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।जस अनुसार निगमले पेट्रोल र डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रु. ३।०० ले वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १३९।०० र रू. १२२।०० कायम गर्ने निर्णय गरेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. १०६।०० तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ । ०० अमेरिकी डलर कायम गर्ने निर्णय गरेको छ । एल.पी.ग्यासको विक्री मूल्य हाललाई यथावत राखिएको छ।निगमले पछिल्लो पटक मिति २०७८।०७। २४ मा मूल्य समायोजन गरेपश्चात हालसम्म अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा नै रहि पुनः निरन्तर बढ्दै गई कच्चा तेलको मूल्य झण्डै USD ८५ देखि ८९ प्रति व्यारल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६,२०२२ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा रु. ८.८१ तथा प्रति सिलिण्डर एल.पि. ग्यासमा रु. ६४६.१६ घाटा कायम भएको हुँदा निगमलाई १५ दिनमा करीब रू. २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि मिति २०७८।१०।०३ मा प्रेषित विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो।यस मूल्य समायोजन पश्चात् पनि निगमलाई निम्न बमोजिम १५ दिनमा करीब रू.१ अर्व ८८ करोड घाटा हुने स्थिति देखिएको उल्लेख गरेको छ।पेट्रोल : रू. १०.७२ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ३४.८१ करोड)डिजेल : रू. ६.३३ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ५७.४३ करोड) मट्टितेल : रू. २२.६४ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.०७ करोड) हवाई इन्धन (आन्तरिकतर्फ): रू. ९.६२ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.६१ करोड) . हवाई इन्धन (बाह्यतर्फ): रू. २९.०३ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. १३.७९ करोड एल. पि. ग्यासः रू. ६४६.१६ घाटा प्रति सिलिण्डर (१५ दिनको घाटा करीब रू. ११४.८६ करोड)यस अघि : आयल निगमले भन्यो 'संचित बचत शून्यमा झर्यो, इन्धन किने वापत भारतलाई तिर्न पुग्ने रकम पनि छैन'

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको छ। मूल्य बृद्धि पछि डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य ९९ रुपैयाँ कायम भएको छ। त्यस्तै पेट्रोलको भाउ ९९ रुपैयाँ कायम भएको छ। हवाई इन्धन आन्तरिक उडान तर्फको साविकको प्रतिलिटर बिक्री मूल्यमा ५ रुपैयाँले बृद्धि गरि ७२ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडान तर्फ […]

पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे छ। स्वचालित मूल्य प्रणाली अनुसार बिहीबार रातिदेखि लागू हुनेगरी मूल्य बढाइएकाे निगम प्रवक्ता वीरेन्द्र गाेइतले जानकारी दिए। पेट्रोलकाे मूल्य १. ५० र डिजेल / मट्टितेल – रु. १।०० प्रति लिटर बढेकाे छ। जसअनुसार पेट्रोल १११ रुपैयाँ ५० पैसा प्रत...