आर्थिक सङ्कटसँगै महँगी : सौराहामा पर्यटक घटे

चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेको छ । देशमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण सौराहामा पर्यटकको सङ्ख्या घटेको हो । पर्यटक आगमन घट्दै गएपछि सौराहा सुनसान भएको छ भने व्यवसायी निराश बनेका छन् । कोरोना महामारीको अन्त्यसँगै स्वदेशी पर्यटकका कारण सौराहा चलायमान हुन्छ भन्ने अनुमान व्यवसायीले गरेका थिए । तर त्यसो भएन । अहिले सौराहामा विदेशी पर्यटक फाट्टफुट्टमात्रै देखिन्छन्, स्वदेशी पर्यटक दैनिक डेढ सय जनाको हाराहारीमा आएका छन् । साना तथा मझौल...

सम्बन्धित सामग्री

महँगी घटाऊ

यो वर्षको बजेट र मौद्रिक नीतिमा ६.५ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने सरकारको लक्ष्यविपरीत चौतर्फी महँगी बढेको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै महँगीले सर्वसाधारणको ढाड सेकिरहेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत छ । गत साउनमा समग्र महँगी ७.५२ प्रतिशत पुगेको थियो । राष्ट्र […]

चाडपर्व र महँगी

राष्ट्र बैंकले गत बिहीबार प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको मूल्यवृद्धिको तथ्यांकले सबैलाई झस्काएको छ । साउनमा समग्र महँगी ७.५२ प्रतिशत पुगेको छ । साउनमा खाद्य तथा पेय पदार्थ समूह ८.९५ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.४२ प्रतिशत छ । सबैभन्दा बढी मरमसला समूहको उपभोक्ता मूल्यवृद्धि ४५.५६ प्रतिशत पुगेको छ । खाद्य […]

यो वर्ष महँगी ७.४१ प्रतिशत

चालु आर्थिक वर्षमा महँगी चुलिएको छ । यो आवको बैशाख महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भए अनुसार अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा […]

महँगी घटाऊ

नेपाल राष्ट्र बैंकले मुलुकभरका उपभोक्तामाझ गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणले आगामी दिनमा महँगी झनै बढ्ने देखाएको छ । चालू आर्थिक वर्षमा महँगीबाट पिल्सिएका सर्वसाधारणले आगामी वर्ष पनि कुनै राहत नपाउने देखिएको छ । हुन त यो सर्वसाधारणमाझ गरिएको अनुमानित सर्वेक्षण हो । कुनै वैज्ञानिक तथ्य वा आधारमा गरिएको होइन । तैपनि सर्वसाधारणले आगामी वर्ष पनि महँगी […]

तराई र पहाडमा उच्च महँगी

२३ माघ, काठमाडौं । रुस-युक्रेन युद्धका कारण एक वर्षदेखि सुरु भएको बजारको महँगी चालु आर्थिक वर्ष २०७९/८० को छैटौं महिनामा पनि कायमै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । […]

चालू आर्थिक वर्षको दोस्रो महिनामा स्वास्थ्यमा १० प्रतिशतले बढ्यो महँगी

बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेके  छ।

प्रदेश सरकारले निजामती र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने भएको छ ।  बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुने गरी महँगी भत्ता दिने बताएका छन् ।  सम्बन्धित समाचार : बागमतीको बजेटमा कृषि, […]

नेपाल राष्ट्र बैंकको रिपोर्ट : बजार महँगी बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा बजार महँगी ०.४५ प्रतिशतले वृद्धि भएको जनाएको छ । २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (बजार महँगी) ४.२४ प्रतिशत रहेको बैंकले बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको बैंकले जनाएको छ ।२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु,

चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्

बजार महँगी बढ्यो

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजार महँगी केही बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  बिहीबार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको बैंकले साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको बैंकल