२३ माघ, काठमाडौं । रुस-युक्रेन युद्धका कारण एक वर्षदेखि सुरु भएको बजारको महँगी चालु आर्थिक वर्ष २०७९/८० को छैटौं महिनामा पनि कायमै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । […]