केही दिन अघि परेको बेमौसमी वर्षाले रुपन्देही सहित देशका विभिन्न जिल्लाहरूमा लगाइएको धानबालीमा क्षति पुर्यायो। जसका कारण किसानहरू वर्षभरिको धानबाली भित्र्याउने वेला क्षति बेहोर्नू परेको छ। धान पाकेर काटिसकेको र केही नकाटेको अवस्थामा परेको वर्षाले किसानहरूको धानबाली नोक्सान हुन पुगेको हो।