सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनका सन्दर्भमा ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुङ्गिएको दुई दिन भइसके पनि पालिकास्तरमा दलहरु आ–आफ्नै तालमा छन् । सत्तारुढ गठबन्धनमा भएको भागबण्डा अनुसार बुटवल उपमहानगरको मेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिने तय भइसकेको छ ।उक्त भागबण्डा अनुरुप गठबन्धनमा रहेका पाँच वटै दलले मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारका लागि मत माग्नुपर्ने छ । तर शुक्रबारसम्म पनि