बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।  निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले  मेयरमा  लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ । वडा नम्बर ११ सवैभन्दा बढी मतदाता भएको ठाउँ हो ।

सम्बन्धित सामग्री

बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल विजयी

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी हुनुभएको हो । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिनुभयो । “गणना […]

सिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा मतगणना रोकियो

बुटवल। बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बक्सा पहिले खोलिएको र सिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ। ‘च’ बुथको दोस्रो बक्साको ४१३५३८ को बक्सा लक तोडिएको अवस्थामा भेटिएको र बक्सा सिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए।

बुटवल उपमहानगरपालिका अपडेटः ४८ सय मत गणना सकियो, कसको कति मत ?

बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । ४८ सय मतपत्र गणना सकिँदा मेयरका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। यस्तै नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएका छन्उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यसैगरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

बुटवलमा मतगणना जारी : २ सय गणना हुँदा एमाले तेस्रो

बुटवल । बुटवल उपमहानगरपालिकामा २ सय मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले ८३ मतका साथ अग्रता लिएका छन। राप्रपाका मृगेन्द्र शेरचनले ४५ मतका साथ दोस्रो र नेकपा एमालेका बाबुराम भट्टराई ३३ मतका साथ...