बन्दना बमडोटी : आगामी ३० गतेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयन दर्ताको समय तोकेको भए पनि डोटीमा गठबन्धनले अझै उम्मेदवार टुङ्गो लागाउन सकेको छैन।गठबन्धनको टुङ्गो नलागेका कारण उम्मेदवार छनौटमा समेत ढिला भइरहेको छ। पालिका भागबन्डामा कुरा नमिलेपछि चुनाबी गठबन्धन अनिश्चित भएको हो।जिल्ला र प्रदेशमा गठबन्धनको टुङ्गो नलाग्ने भएपछि निर्णयको लागि केन्द्रसम्मै पुगेको माओबादीका एक नेताले जनाए। गठबन्धनको लागि अन्तिम समयसम्म पनि छलफलमै भएकाले उम्मेदवार छनोटमा समेत ढिलाइ भएको नेप