काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफूमाथि सुनकाण्डको आरोप लागेपछि जंगिएका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै संयोजक एवं राष्ट्रियसभा सदस्य गौतममाथि सुन तस्करी गरेको आरोप लागेपछि जंगिएका हुन्। तत्कालीन गृहमन्त्री हुँदा सुन तस्करी गरेको विषयमा पूर्वडीआइजी रमेश खरेलले नाम लिएपछि गौतम जंगिएका हुन्। ‘मैले बोकेर सुन ल्याउने र भन्सार कटाउने काम गरेको थिएँ? अरू कुन व्यक्तिलाई पठाऊँ? नाम लिन पर्दैन? गृहप्रशासन शान्ति सुरक्षाका निम्ति हो। सुनको विषय