भ्याटले प्याज आयात नहुँदा बजारमा हाहाकार, १५ दिनमा मूल्य तेब्बरभन्दा माथि

काठमाडौं । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ ।  भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयाँको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज आयात भएको थियो । अहिले भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको व्यवासायीको गुनासो छ ।  नेपाल कृषि उपज आलु, प्याज आयातनिर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल प्याज, आलुलगायत वस्तुमा भ्याट लगाउँदा व्यवसायीले आयात गर्ने वातावरण नभएको बताउँछन् । ‘धेरैजसो क्रेता भ्याटमा दर्ता नभएको अवस्था छ । यस्तो अवस्थामा सरकारले अध्ययन र सरोकारवालासँग छलफल नै नगरी भ्याट लगाउने निर्णय गर्दा व्यवसायी मात्र नभएर उपभोक्ता पनि मर्कामा परे,’ उनले भने, ‘अहिले धेरैजसो व्यवसायी तत्काल प्याज आयात नगर्ने मनस्थितिमा छौं । सरकारी नीतिका कारण प्याज आयात नै गर्न नसकेकाले समस्या समाधानका लागि सम्बद्ध मन्त्रालयदेखि विभिन्न निकाय धाइरहेको उनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना प्याजमा भ्याट लगाउने निर्णयमा सरकार, अर्थ मन्त्रालय र सम्बद्ध निकायले पुनर्विचार गर्नुपर्ने बताउँछन् ।  ‘ब्राजिल, इथियोपियालगायत मुलुकबाट आयात गरेर धनी वर्गले उपभोग गर्ने माछालगायतको वस्तुमा भ्याट नलगाउने, निम्न वर्गले हरेक दिन उपभोग गर्ने प्याज, आलुमा भ्याट लगाउनु कतिको उचित छ ?’ प्रश्न गर्दै तिमल्सिना भन्छन्, ‘सरकारले उक्त निर्णयमा पुनर्विचार गर्नुपर्छ ।’ ‘९५ प्रतिशतभन्दा बढी प्याजमा हामी भारतमा निर्भर छौं । त्यसैले आन्तरिक उत्पादन प्रशस्त नभएको अवस्थामा भ्याट लगाउनेभन्दा पनि उत्पादन कसरी बढाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘उत्पादन बढाउन किसानलाई बीउबिजन, मललगायत वस्तु समयमै उपलब्ध गराउने विकल्पमा जानुपर्छ ।’ १५ दिनमा मूल्य तेब्बरभन्दा माथि कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार १५ दिनअगाडि प्याजको होलसेल मूल्य ३५ रुपैयाँ प्रतिकेजी थियो । अहिले भ्याट लाग्ने भनेसँगै प्याज अभावका कारण कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीमा प्याजको मूल्य नै छैन । कालीमाटीका व्यापारी बजारमा प्याज नभएका कारण मूल्य नराखिएको बताउँछन् । बजारमा उपलब्ध नहुने तरकारी वा फलफूलको नाम मूल्यसूचीमा हुँदैन । खुद्रामा भने प्याजको मूल्य अहिले १२५ रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ । कालीमाटीका होलसेल प्याज व्यापारी राजेश अधिकारी केही दिनदेखि बजारमा प्याज नै नभित्रिएको बताउँछन् ।

सम्बन्धित सामग्री

४ दिनपछि १६ रुपैयाँ बढाएर तोकियो प्याजको होलसेल मूल्य

७ भदौ, काठमाडौं । चार दिनपछि कालीमाटी तरकार बजारमा प्याज भित्रिएको छ । गत शनिबारदेखि भारतले प्याजमा ४० प्रतिशत कर लाग्ने नियम लागु गरेपछि बजारमा प्याज अभाव भएको थियो । बुधबार रातिदेखि प्याज आयात भएपछि थोकमा प्रतिकिलो १६ रुपैयाँ ६० पैसा बढाएर समितिले थोक मूल्य तोकेको हो । समितिले बिहीबारका लागि प्याजको होलसेल मूल्य ७७ रुपैयाँ […]

तरकारी आयातमा कर लगाउँदा आलु प्याज आयात घट्यो

नेपाल सरकारले तरकारी र फलफूल आयातमा समेत मूल्य अभिवृद्धि कर लगाएपछि त्रिनगर भन्सार नाकाबाट हुँदै आएको आलु प्याजलगायतका तरकारी आयात घटेको छ । जिल्ला भन्सार कार्यालय कैलालीले आलु प्याज दैनिक ३/४ ट्रक आउने गरेकोमा अहिले हप्तामा एक ट्रक मुस्किलले आउने गरेको जनाएको छ । भारतबाट आलु प्याज आउन छोड्पछि स्थानीय उत्पादनले बजार पाएको छ । […]

प्याज मिशन तुहियो, समस्या चुलियो

काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटबाट प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाउने निर्णयसँगै यसको आयात ठप्प भएको अवस्था छ । आयात ठप्प हुँदा बजारमा प्याजको अभाव हुनुका साथै मूल्य आकाशिएको छ ।  सरकारले आजभन्दा १६ वर्षअघि शुरू गरेको प्याज मिशन कार्यक्रम सफल भएको भए आज स्थिति फरक हुने कृषिक्षेत्रका विज्ञ बताउँछन् । सरकारले देशभित्रै प्याजको उत्पादन बढाउन २०६४ सालमा मिशन प्याज अभियान शुरू गरेको थियो । स्वदेशमै प्रशस्त फलाउन सकिने प्याजको आयात बढेको भन्दै कृषि मन्त्रालयले उक्त कार्यक्रम शुरू गरेको हो । अहिले उक्त कार्यक्रमबारे मिशन चलाउने निकायकै अधिकारीहरू बेखबर छन् ।  सरकारले मिशन प्याज अभियानअन्तर्गत रूपन्देही, सप्तरी, सिरहा, बाँके, बर्दिया, झापालगायत जिल्लामा प्याजको आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न कृषकलाई बीउ, मलका साथै सिँचाइमा अनुदान दिने कार्यक्रम शुरू गरेको थियो । अभियान शुरू भएको ५ वर्षमै असफल हुन पुगेको बताइन्छ ।  मिशन प्याजको अवस्थाबारे बुभ्mन राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका पदाधिकारीहरूसँग सम्पर्क गर्दा उक्त कार्यक्रमबारे केन्द्रसँग कुनै अभिलेख नभएको बताए । आपूmहरू केन्द्रमा आएको केही वर्ष मात्र भएको र उक्त कार्यक्रम कृषि विभागले सञ्चालन गरेकाले आपूmहरूलाई केही जानकारी नभएको उनीहरूको जवाफ थियो । कृषि विभागका सूचना अधिकारी सुनीलकुमार सिंह आफूलाई उक्त विषयबारे जानकारी नै नभएकाले प्रवक्तासँग सम्पर्क गर्न सुझाउँदै पन्छिए । विभागका प्रवक्ता जानुका पण्डितसँग सम्पर्क नै हुन सकेन । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा प्याजको वार्षिक माग ४ लाख १ हजार ६८६ मेट्रिक टन छ । आव २०७८/७९ मा नेपालमा २ लाख ९८ हजार मेट्रिक टन प्याज उत्पादन भएको थियो । उत्पादन र खपत हेर्दा स्वदेशी उत्पादनको प्याजले मात्रै घरेलु माग धान्न सम्भव देखिँदैन । भन्सार विभागका अनुसार पछिल्लो ५ वर्षमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको ९ लाख ६ हजार मेट्रिक टन प्याज आयात भएको छ । चालू आवको १० महीनामा ५ अर्ब ७९ करोडको १ लाख ५५ हजार मेट्रिक टन प्याज आयात भएको देखिन्छ ।

बजारमा प्याजको हाहाकार

काठमाडौं, जेठ ३२ ।  भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू […]

प्याज अब सुन पसलमा !

यतिबेला प्याजको मूल्य आकासिएको छ। बजेट आउनुअघि ४५ रुपैयाँ थियो। अहिले ९० रुपैयाँभन्दा बढी पुगिसक्यो। कारण हो बजेटमा कृषि उपजमाथि लागेको भ्याट। कृषि उपजमा नेपाल भारतसँग चरम रुपमा निर्भर छ। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो। आयात रोकिँदा…

आलु र प्याजमा लगाइएको भ्याट फिर्ता गर्न व्यवसायीको माग

काठमाडौं, जेठ ३०। आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको […]

तथ्यांकोवाच : रू. ४ अर्ब ९६ लाखको प्याज आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. ४ अर्ब ९६ लाख बराबरको प्याज आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा प्याज आयातको औसत वार्षिक वृद्धिदर करीब ३१ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, प्याज खेतीयोग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक–सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा तथा अराजकता र कृषिमा ठूलो अनुदानयुक्त मुलुकको प्याज उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम प्याज उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै प्याज उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यो उत्पादनमा आत्मनिर्भर हुन सक्छ । यहाँ प्रस्तुत तथ्यांकले प्याजखेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।

चाडपर्वमा प्याज सधैं महँगो

काठमाडौं । भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो । हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो । २०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन । प्रतिबन्धका कारण थोक बजारमै १ सय ८० रुपैयाँ किलो सम्म पुगेको प्याजको मूल्य गतवर्षको तिहारमा १ सय ३० रुपैयाँ रहेको थियो । तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो । यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ । गत वैशाख १४ गते थोक बजारमा ५३ रुपैयाँ किलो रहेको प्याजको मूल्य त्यसयता निरन्तर बढेर सावन १४ मा ४५ रुपैयाँ, असोज १४ मा ५३ रुपैयाँ हुँदै अहिले ६० रुपैयाँ पुगेको छ । थोक बजाारमै महँगिएको प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ९० रुपैयाँसम्म पुगेको छ । व्यापारीहरूले प्याजको मूल्य महँगो हुनुमा भारतिय बजारलाई कारण देखाएका छन् । भारतीय बजारमा प्याजको मूल्य आकाशिएपछि त्यसको असर नेपाली बजार सम्म परेको उनीहरूको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आर्चायले यति बेला प्याजको अफ सिजन भएकाले भारतीय बजारमा एकाएक यसको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको बताए । ‘भारतबाट प्याजको आयात घटेपछि यहाँ मूल्य बढेको हो । अब प्याजको नयाँ सिजन शुरू भएपछि मात्र मूल्य घट्ने सम्भावना छ, ’ उनले आर्थिक अभियान दैनिकसँग भने । हरेक दिन भारतबाट नेपालमा करीब १ सय टन प्याज आयात हुन्छ भने वार्षिक २ अर्व रुपैयाँभन्दा बढी मूल्यको प्याज भारतबाट नेपालमा आयात हुने सरकारी तथ्यांक छ । नेपालमा वार्षिक करीब ३ लाख टन प्याज उत्पादन हुन्छ भने खपत ४ लाख टन हुने गरेको छ ।

मूल्य आधाले घट्यो : भारतले खुकुलो गरेपछि प्याज आयात बढ्यो

भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ । एक सातायता