प्याज मिशन तुहियो, समस्या चुलियो

काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटबाट प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाउने निर्णयसँगै यसको आयात ठप्प भएको अवस्था छ । आयात ठप्प हुँदा बजारमा प्याजको अभाव हुनुका साथै मूल्य आकाशिएको छ ।  सरकारले आजभन्दा १६ वर्षअघि शुरू गरेको प्याज मिशन कार्यक्रम सफल भएको भए आज स्थिति फरक हुने कृषिक्षेत्रका विज्ञ बताउँछन् । सरकारले देशभित्रै प्याजको उत्पादन बढाउन २०६४ सालमा मिशन प्याज अभियान शुरू गरेको थियो । स्वदेशमै प्रशस्त फलाउन सकिने प्याजको आयात बढेको भन्दै कृषि मन्त्रालयले उक्त कार्यक्रम शुरू गरेको हो । अहिले उक्त कार्यक्रमबारे मिशन चलाउने निकायकै अधिकारीहरू बेखबर छन् ।  सरकारले मिशन प्याज अभियानअन्तर्गत रूपन्देही, सप्तरी, सिरहा, बाँके, बर्दिया, झापालगायत जिल्लामा प्याजको आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न कृषकलाई बीउ, मलका साथै सिँचाइमा अनुदान दिने कार्यक्रम शुरू गरेको थियो । अभियान शुरू भएको ५ वर्षमै असफल हुन पुगेको बताइन्छ ।  मिशन प्याजको अवस्थाबारे बुभ्mन राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका पदाधिकारीहरूसँग सम्पर्क गर्दा उक्त कार्यक्रमबारे केन्द्रसँग कुनै अभिलेख नभएको बताए । आपूmहरू केन्द्रमा आएको केही वर्ष मात्र भएको र उक्त कार्यक्रम कृषि विभागले सञ्चालन गरेकाले आपूmहरूलाई केही जानकारी नभएको उनीहरूको जवाफ थियो । कृषि विभागका सूचना अधिकारी सुनीलकुमार सिंह आफूलाई उक्त विषयबारे जानकारी नै नभएकाले प्रवक्तासँग सम्पर्क गर्न सुझाउँदै पन्छिए । विभागका प्रवक्ता जानुका पण्डितसँग सम्पर्क नै हुन सकेन । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा प्याजको वार्षिक माग ४ लाख १ हजार ६८६ मेट्रिक टन छ । आव २०७८/७९ मा नेपालमा २ लाख ९८ हजार मेट्रिक टन प्याज उत्पादन भएको थियो । उत्पादन र खपत हेर्दा स्वदेशी उत्पादनको प्याजले मात्रै घरेलु माग धान्न सम्भव देखिँदैन । भन्सार विभागका अनुसार पछिल्लो ५ वर्षमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको ९ लाख ६ हजार मेट्रिक टन प्याज आयात भएको छ । चालू आवको १० महीनामा ५ अर्ब ७९ करोडको १ लाख ५५ हजार मेट्रिक टन प्याज आयात भएको देखिन्छ ।

सम्बन्धित सामग्री

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात

काठमाडौं, पुस ३ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । अहिले चीनको केरुङ […]

भारतले निर्यात रोकेपछि चीनबाट प्याज आउन सुरु

काठमाडाैँ – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ। व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका हुन्। भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो। भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए। उनले भने, ‘चीनबाट […]

तस्करीको प्याज आयातमा वृद्धि

जनकपुरधाम– जनकपुरमा तस्करीको प्याज आयातमा वृद्धि भएको छ । धनुषा र महोत्तरीबाट तस्करीका प्याज जनकपुरधामको पेठिया बजारमा भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । धनुषाको इनर्वादेखि महोत्तरीको सम्सीसम्म रहेका नाकाहरूबाट ५० प्रतिशत तस्करीको प्याज भित्रिने गरेको छ । यो कार्यमा ५० भन्दा बढी तस्कर संलग्न रहेको जनकपुर आलुप्याज व्यवसायी संघको आरोप छ । तस्करले ती नाकाबाट साइकल–मोटरसाइकलमा […]

प्याज विशेष मिसन कार्यक्रम असफल

सरकारले २०६४ सालमा ल्याएको प्याज विशेष मिसन कार्यक्रम असफल भएको छ ।आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तराइका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनमा गम्भीर नबन्दा प्याज विशेष मिसन कार्यक्रम असफल भएको हो ।प्याज विशेष मिसन कार्यक्रम असफल भएपछि नेपाल प्याजका लागिसमेत परनिर्भर बनेको […]

प्याज काट्दा किन आउँछ आँशु ?

प्याज काट्दा आँशु आउँने कुरा त हामी सबैलाई थाहा भएको कुरा हो । सायद प्याज काट्दा नरुने, अथवा आँशु नझार्ने व्यक्ति कमै होलान् । प्याज काट्न सुरु गर्ने बित्तिकै सबैलाई रुन मन लाग्छ । त्यसमा पनि हातले आँशु पुछ्दा झन बढि पीडा भोग्नुपर्ने हुन्छ ।

ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, ल...

प्याज बिक्री नहुँदा किसान चिन्तित

बजार अभावले जुम्ला पातारासीका किसानको लाखौंको प्याज कुहिने अवस्थामा पुगेको छ । जेठ महिनामा भण्डारणमा राखेको प्याज हालसम्म बजारमा पुराउन नसक्दा कुहिन थालेको हो । भण्डारण गरेर राखेको लाखौंको प्याज कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।“पहिलो चरणको प्याज भित्र्याएर भण्डारण गरेर राखेका छौं” पातारासी ६ का किसान रमेश बुढाले भने,“पहिलो चरणको प्याज बेच्न नपाउँदै […]

बजार अभावमा लाखौँको प्याज कुहिँदै

प्याजको संभावना देखेर बारीभरी प्याज रोप्यौँ’, उनले भने, ‘रोपे अनुसारको प्याज उत्पादन भयो। तर उत्पादन अनुुसार बजार व्यवस्था नहुँदा किसान मर्कामा छौँ।...