सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास