बाँकेमा बाघ आतंक : तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थ

सम्बन्धित सामग्री

किन बढ्दै छ बाँके–बर्दियामा बाघ आतंक?

काठमाडौँ - बाघको श्रृंखलावद्ध आक्रमणका कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा त्रास बढ्दै गएको छ । पछिल्लो ६ महिनामा बाँकेमा ५ र बर्दियामा ४ गरी ९ जनाले बाघको आक्रमणमा ज्यान गुमाइसकेका छन् । यो अवधिमा दर्जनौं व्यक्तिको बाघसँग जम्काभेट भइसकेको र त्यसक्रममा केही गम्भीर घाइते समेत भएका छन् र केही आफ्नो ज्यान जोग…

बर्दियामा बाघ आतंक, एक महिनामा पाँचजनाको ज्यान गयो

बर्दिया : बर्दियामा बाघको आक्रमणमा परी फेरि एकजनाको ज्यान गएको छ। शनिबार बर्दिया राष्ट्रिय निकुञ्जको पाटेबाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका–४ राजिपुरका ६८ वर्षीय लहानु थारुको मृत्यु भएको हो। घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा बाघले लहानुलाई आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको निकुञ्ज…