वीरगञ्ज – बुधबार राति पर्साको ठोरी गाउँपालिकामा नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले एक जना स्थानीयको खोर नै रित्याइदियो। ठोरी–४ मानेचोकका नवीन तामाङको गोठमा पसेर बाघले पाँच बाख्रा र दुई खसी मारेको हो। पछिल्लो समय पर्सामा रहेका सामुदायिक वन र निकुञ्जबाट पटक–पटक बाघ र चितुवा मानव बस्तीमा पस्दै आएका छन्। ठोरीमै गत चैत […]