बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार २४ वर्षीया नविना थारुको मृत्यु भयो । उनको शव गुलरिया अस्पतालमा राखिएको छ । बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानिय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको छ । तर, सो सहमती मृतकका परिवारले अस्विकार गरेका छन् । पीडित परिवारलाई तत्काल राहन दिने, घटनाबारे न्यायीक छानविन समिती बनाउने र गोली चलाउनेलाई कारवाही गर्ने सहमती भएको छ । सर्वपक्षीय छलफलबाट मृतकको सालिक बनाउनुपर्ने माग भएपछि मध