जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ पछि कारागार चलान

जबरजस्ती करणी उद्योगका एक प्रतिवादी ताप्लेजुङ कारागार चलान भएका छन् । ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ (साविक चाँगे गाविस वडा नं ६) घर भएका ३५ वर्षीय निमतेञ्जी शेर्पा कारागार चलान भएका हुन् ।...

सम्बन्धित सामग्री

बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ

बारा।  प्रहरीले अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि लामो समयदेखि लुकीछिपी बस्दै आएका ३३२ जना प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि बारा जिल्ला अदालतमा बुझाएको छ । जसमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी बिगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको प्रहरीले जनाएको छ । बिगो, जरिवाना […]

१८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दामा १८ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–५ पर्वत घर भएका ५७ वर्षका पल्ट मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।२०७९ साउन ६ मा जिल्ला अदालत धनुषाले मण्डललाई १८ वर्ष कैद र २ लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई घरबाट पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतबाट २०७१/१२/१० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरिवाना फैसला भई फरार रहेका चोरी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय जगदीश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ । जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

धुलिखेलबाट तीन जना फरार प्रतिवादी पक्राउ

प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ  छन् । उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।य

विभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

काठमाडाैँ- काभ्रेपलाञ्चाेक प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए। पक्राउ पर्नेमा भुम्लु गाउँपालिका-३ का ४६ वर्षीय […]

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

३ चैत, दोलखा । प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका-१ बस्‍ने ३३ वर्षीय नरहरी विक रहेका छन् । पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ । यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ […]

विराटनगरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर। विराटनगरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका– ६ बस्ने ४० वर्षीय सिताराम लुईटेल रहेका छन्। लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरि सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ।

तनहुँमा ४ महिनामा ९२ फरार प्रतिवादी पक्राउ

चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ ।प्रहरीले यसअवधिमा विसं २०२५

तनहुँमा चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पर्वतको पैयुँ गाउँपालिकाबाट पक्राउ गरेको छ । पैयुँ गाउँपालिका–७ बस्ने ४४ वर्षीय ख्यामबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।जिल्ला अदालत स्याङजाले २०७३ साउन २० मा कर्तव्य ज्यान मुद्दामा उनलाई १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलापछि  फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले पक्राउ गरेको हो । ख्यामबहादुरलाई जिल्ला अदालत पर्वतको आदेशले कैद भुक्तानीको लागि कारागार चलान ग