बलात्कार मुद्दामा १८ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–५ पर्वत घर भएका ५७ वर्षका पल्ट मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।२०७९ साउन ६ मा जिल्ला अदालत धनुषाले मण्डललाई १८ वर्ष कैद र २ लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई घरबाट पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।